देउवा सरकारका यी मन्त्रीलाई यी युवतीले मञ्चमै दिइन गाला रातो हुने गरी चप्पलले दनक



हाम्रो इकोनोमि

माओवादी केन्द्रका नेता तथा विनाविभागीय मन्त्री जनार्दन शर्मालाई आफ्नै गृहजिल्ला पश्चिम रुकुममा एक महिलाले चप्पल प्रहार गरेकी छिन् ।
बाफिकोट गाउँपालिकाको नेटामा बिहीबार आयोजित चुनावी सभामा सहभागी शहीद परिवार निर्मला खड्काले चार बजेतिर मन्त्री शर्मालाई चप्पलले हानेकी हुन् । शर्माले शहीद परिवार र माओवादी आन्दोलनलाई धोका दिएको आक्रोशमा चप्पल प्रहार गरेको बताइएको छ ।

माओवादी केन्द्रका नेता शर्मा पश्चिम रुकुमबाट प्रतिनिध सभाको सांसदका लागि उम्मेदवार बनेका छन् ।
मन्त्री शर्मालाई खड्काले चप्पल प्रहार गरेपछि माओवादी केन्द्र निकट वाईसियलका कार्यकर्ताले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

वार्इसिएलको कुटपिटबाट अशक्त बनेकी खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ ।
रुकुमबाट चुनाव जितेर मन्त्री भइसक्दा समेत शहीद परिवारलाई बेवास्ता गरेको र शहीदहरूको अपमान गरेको भन्दै खड्काले चप्पल प्रहार गरेकी हुन् ।

बाफिकोटमा जनयुद्धका बेला रुकुम जिल्लाकै सबैभन्दा बढी शहीद भएको गाउँपालिकामा पर्छ ।
यसअघि मन्त्री शर्मामाथि पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, को गोइरीमा चुनाव प्रचार प्रसारका बेला कात्तिक २४ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम प्रहार गरेर हत्या प्रयास गरे

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...