देउवा सरकारका यी मन्त्रीलाई यी युवतीले मञ्चमै दिइन गाला रातो हुने गरी चप्पलले दनक



हाम्रो इकोनोमि

माओवादी केन्द्रका नेता तथा विनाविभागीय मन्त्री जनार्दन शर्मालाई आफ्नै गृहजिल्ला पश्चिम रुकुममा एक महिलाले चप्पल प्रहार गरेकी छिन् ।
बाफिकोट गाउँपालिकाको नेटामा बिहीबार आयोजित चुनावी सभामा सहभागी शहीद परिवार निर्मला खड्काले चार बजेतिर मन्त्री शर्मालाई चप्पलले हानेकी हुन् । शर्माले शहीद परिवार र माओवादी आन्दोलनलाई धोका दिएको आक्रोशमा चप्पल प्रहार गरेको बताइएको छ ।

माओवादी केन्द्रका नेता शर्मा पश्चिम रुकुमबाट प्रतिनिध सभाको सांसदका लागि उम्मेदवार बनेका छन् ।
मन्त्री शर्मालाई खड्काले चप्पल प्रहार गरेपछि माओवादी केन्द्र निकट वाईसियलका कार्यकर्ताले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

वार्इसिएलको कुटपिटबाट अशक्त बनेकी खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ ।
रुकुमबाट चुनाव जितेर मन्त्री भइसक्दा समेत शहीद परिवारलाई बेवास्ता गरेको र शहीदहरूको अपमान गरेको भन्दै खड्काले चप्पल प्रहार गरेकी हुन् ।

बाफिकोटमा जनयुद्धका बेला रुकुम जिल्लाकै सबैभन्दा बढी शहीद भएको गाउँपालिकामा पर्छ ।
यसअघि मन्त्री शर्मामाथि पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, को गोइरीमा चुनाव प्रचार प्रसारका बेला कात्तिक २४ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम प्रहार गरेर हत्या प्रयास गरे

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...