कांग्रेस कार्यकर्ताको माया लाग्यो भन्दै ओलीले भने- भारतले नाकाबन्दी लगाए पनि केही लछार्दैन, म प्रधानमन्त्री हुदै चीन तिरका नाका खोलेको छु



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री भएको बेला उत्तरतिरको नाका खोलिसकेकाले अब दक्षिणतिरको नाकाबन्दीको कुनै डर नभएको बताएका छन्। पर्वतको सदरमुकाम कुश्मामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
‘म प्रधानमन्त्री भएको उत्तरतिरको पनि नाका खोलेँ, त्यसैले दक्षिणतिरको नाकाबन्दीको केही खतरा छैन,’ ओलीले भने।

उनले हिन्द महासागर र प्रशान्त महासागरमा नेपालले आफ्नै जहाज चलाउन सम्भव रहेको पनि दोहोर्‍याए। ‘हिन्द महासागर र प्रशान्त महासागर हाम्रो पनि हो, त्यहाँ हाम्रै जहाज चलाउन सम्भव छ,’ ओलीले भने, ‘मैले नेपालको आफ्नै जहाज हुन्छ भन्दा सिंहदरबारअगाडि कागजको जहाज बनाएर देखाउनेहरु अहिले हाम्रो जहाज हुन्छ भन्नेमा विश्वस्त भइसके।’

निर्वाचन भनेको देशले सही र गलतमध्ये एकलाई रोज्ने अवसर भएको बताउँदै ओलीले भने, ‘सही मान्छेलाई भोट दिनुभयो भने देश सही बाटोमा जान्छ।’

उनले एमाले र माओवादी पार्टीको एकता हुनेमा शंका नगर्न पनि आग्रह गरे। ‘एमाले र माओवादी भन्ने अलगअलग पार्टी नै छैन। चुनाव चिन्ह जे भए पनि हाम्रो उम्मेदवार हो भोट हाल्नुस्।’

उनले वाम एकताको सुरुवातपछि कांग्रेस कार्यकर्तामाझ निराशा छाएको पनि बताए।
‘कांग्रेसका कार्यकर्ता देखेर धेरै माया लाग्छ,’ ओलीले भने, ‘तर पीर नगर्नुस्, कांग्रेस कार्यकर्ताका लागि पनि लोकतन्त्र, विकास र समृद्धि वाम गठबन्धनले नै दिन्छ ढुक्क हुनुहोस्।’

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...