चर्चित हुने र तुजुक देखाउने स्टन्टले यसरी फसे एनआरएनए अध्यक्ष भवन,१३ करोड ६८ लाख रुपैयाँ बुझाउन नसकेर भट्ट फरार



हाम्रो इकोनोमि

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल वायुसेवा निगमको बोइङ ७५७ विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाएको महिना दिन बित्यो । ३० असोजमा भएको संघको चुनावअघि उनले एक करोड ५० लाख रुपैयाँ बुझाएका थिए । तर, एक साताभित्र बुझाउनुपर्ने बाँकी रकम अझै निगमले पाएको छैन ।

म्याद गुज्रिसक्दासम्म सम्पर्क पनि हुन नसकेपछि वायुसेवा निगम नै अन्यौलमा परेको छ । बाँकी रकम बुझाउने–नबुझाउने भन्ने कुनै निर्णय पनि आएको छैन । संघको चुनावका बेला भट्टले जहाज खरिद गरेको समाचार सार्वजनिक भएको थियो । अग्रिम रकम बुझाएर उनी सम्पर्कविहीन भएपछि निगमका लागि बोइङ–७५७ फेरि टाउको दुखाइको विषय बनेको छ । ३–४ पटकसम्म गरिएको बोलपत्र आह्वानको उपलब्धि देखिएको छैन ।
आगामी बोर्ड बैठकबाट उक्त विमानबारे निर्णय लिने तयारी निगमको छ ।

निगमले भट्टलाई १४ लाख ६० हजार अमेरीकी डलर अर्थात् १५ करोड १८ लाख रुपैयाँमा विमान बिक्री गरेको थियो । त्यसमध्ये डेढ करोड रुपैयाँ बुझाए । बाँकी १३ करोड ६८ लाख रुपैयाँ बुझाउन बाँकी छ ।
चुनाव अगाडी प्रचारका लागि सो बिमान किन्ने भनिएपनि बिमान ममर्त गर्न झण्डै ८० करोड रुपैयाा खर्च हुने भएका कारण भवन बिमान किन्ने योजनालाई अगाडी बढाउन नखोजेको बुझिएको छ ।
सन् १९८७ मा खरिद गरिएको उक्त विमानको मर्मत खर्च बढ्दै जाने र लागतअनुसार नाफा पनि नहुने देखेपछि निगमले बिक्री गर्ने निर्णय लिएको हो । नयाँ इन्जिन फेर्न मात्र एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्च हुन्छ ।

उक्त विमान चैत ०७२ देखि ग्राउन्डेड भएर थन्किएको छ । बोइङ ७५७–२०० सिरिजको विमानको दर्ता नम्बर हो, नाइन एन–एसीए । उक्त विमानले हालसम्म ८६ हजार चार सय १० घण्टा उडान भरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...