चर्चित हुने र तुजुक देखाउने स्टन्टले यसरी फसे एनआरएनए अध्यक्ष भवन,१३ करोड ६८ लाख रुपैयाँ बुझाउन नसकेर भट्ट फरार



गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल वायुसेवा निगमको बोइङ ७५७ विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाएको महिना दिन बित्यो । ३० असोजमा भएको संघको चुनावअघि उनले एक करोड ५० लाख रुपैयाँ बुझाएका थिए । तर, एक साताभित्र बुझाउनुपर्ने बाँकी रकम अझै निगमले पाएको छैन ।

म्याद गुज्रिसक्दासम्म सम्पर्क पनि हुन नसकेपछि वायुसेवा निगम नै अन्यौलमा परेको छ । बाँकी रकम बुझाउने–नबुझाउने भन्ने कुनै निर्णय पनि आएको छैन । संघको चुनावका बेला भट्टले जहाज खरिद गरेको समाचार सार्वजनिक भएको थियो । अग्रिम रकम बुझाएर उनी सम्पर्कविहीन भएपछि निगमका लागि बोइङ–७५७ फेरि टाउको दुखाइको विषय बनेको छ । ३–४ पटकसम्म गरिएको बोलपत्र आह्वानको उपलब्धि देखिएको छैन ।
आगामी बोर्ड बैठकबाट उक्त विमानबारे निर्णय लिने तयारी निगमको छ ।

निगमले भट्टलाई १४ लाख ६० हजार अमेरीकी डलर अर्थात् १५ करोड १८ लाख रुपैयाँमा विमान बिक्री गरेको थियो । त्यसमध्ये डेढ करोड रुपैयाँ बुझाए । बाँकी १३ करोड ६८ लाख रुपैयाँ बुझाउन बाँकी छ ।
चुनाव अगाडी प्रचारका लागि सो बिमान किन्ने भनिएपनि बिमान ममर्त गर्न झण्डै ८० करोड रुपैयाा खर्च हुने भएका कारण भवन बिमान किन्ने योजनालाई अगाडी बढाउन नखोजेको बुझिएको छ ।
सन् १९८७ मा खरिद गरिएको उक्त विमानको मर्मत खर्च बढ्दै जाने र लागतअनुसार नाफा पनि नहुने देखेपछि निगमले बिक्री गर्ने निर्णय लिएको हो । नयाँ इन्जिन फेर्न मात्र एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्च हुन्छ ।

उक्त विमान चैत ०७२ देखि ग्राउन्डेड भएर थन्किएको छ । बोइङ ७५७–२०० सिरिजको विमानको दर्ता नम्बर हो, नाइन एन–एसीए । उक्त विमानले हालसम्म ८६ हजार चार सय १० घण्टा उडान भरेको छ ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७४, बिहिबार  ०६ : १२  बजे

प्रतिक्रिया दिनुहोस
नबिल बैंक ४२औँ वर्षमा प्रवेश

     नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ

३३ अंकले घट्यो नेप्से, ८ अर्बको कारोबार

    मौद्रिक नीति सेयर बजारअनुकूल आएपछि आइतबार बजारमा उत्साह देखियो । सो

एमाले कै सांसदले मागे मन्त्री गुप्ताको बर्खास्ती

    नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार

गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या

    सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या