गणेशमानका पालामा कांग्रेस बनेका बालकृष्ण एमाले प्रवेश, भन्छन–‘एमालेको राष्ट्रियताले तान्यो’



नेपाली कांग्रेसमा लामो समय काम गरेका र विभिन्न पदको जिम्मेवारी सम्हालेका बालकृष्ण महर्जन एमाले प्रवेश गरेपछि काठमाडौँ क्षेत्र नम्बर–८ का कांग्रेसीहरु अहिले तिलमिलाएका छन् । लामो समयदेखि नवीन्द्रराज जोशीले एकछत्र शासन गर्दै आएको क्षेत्र नम्बर–८ मा अहिले आम कार्यकर्ता जोशीसँग रुष्ट बन्दै एमाले प्रवेश गर्न थालेपछि कांग्रेसमा खैलाबैला भएको हो । काठमाडौँ महानगरपालिका वडा नम्बर नं –२४ का इकाई उप–सभापति समेत रहेका महर्जनसहित कांग्रेसका दर्जनौँ कार्यकर्ता एमाले प्रवेश गरेपछि त्यस क्षेत्रमा एमालेको जित सुनिश्चित बन्दै गएको छ । एमाले प्रवेश गरेका महर्जनले कांग्रेसभित्र गुटको पहाड रहेको भन्दै राष्ट्रियताको पहरेदार एमाले भएकाले एमालेमै प्रवेश गरेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका लगाएर एमाले प्रवेश गराएपछि महर्जनले कांग्रेसका सयौँ क्रियाशील कार्यकर्ताले एमाले प्रवेश गर्ने बताए ।  महर्जनसँग गरेको संक्षिप्त कुराकानीः

कांग्रेससँग तपाईँको मोह भङ्ग किन भयो ?

म सानो छँदा मलाई साहना प्रधानले भूमिगत हुँदा नै ट्युसन पठाउनु भएको थियो । तर, पछि म गणेशमान सिंहको प्रेरणाले नेपाली कांग्रेस बने । मैले निकै लामो समय नेपाली कांग्रेसमा बसेर काम गरेँ । तर, त्यो पार्टीमा कुनै पनि इमान्दार कार्यकर्ताको मूल्याङ्कन भएको मैले पाइँन् । मेरो मात्र होइन नेपाली कांग्रेसका धेरै कार्यकर्ताको गुनासो मेरो जस्तै छ । म अहिले पनि १३–१४ वटा संघ–संस्थामा आवद्ध छु । भनेपछि पार्टीले मूल्याङ्कन नगरेकै कारण तपाईँले नेपाली कांग्रेस परित्याग गर्नुभयो होइन त ?

कुनै पनि पार्टीमा काम गरेपछि त्यसको नेतृत्वले मूल्याङकन गर्नुपर्ने हुन्छ । त्यो नेपाली कांग्रेसमा छैन । यो निर्वाचनमा मात्र होइन । केही महिना अघि सम्पन्न स्थानीय तहको निर्वाचनकै सन्दर्भमा कुरा गर्ने हो भने पनि त्यस्तै देखियो । आफ्ना मन परेका व्यक्तिलाई कोठामा राखेर छलफल गर्ने, पार्टी र संगठनमा छलफल नगर्ने, जिम्मेवारी पनि आफ्ना र नजिककालाई मात्र दिने संस्कार हावी भएपछि मैले कांग्रेसमा बसिरहनुको औचित्य नठानेर परित्याग गरेको हो । म गणेशमानको विचारबाट प्रभावित भएर कांग्रेस भएको हुँ । तर, अहिले कांग्रेसमा गणेशमानको विचार शून्य भएको छ । वीपीलाई सबैले विर्सिएका छन् ।  म कांग्रेसमा आवद्ध भएको २५ वर्ष भन्दा बढी भएको छ । म व्यापारी पनि हुँ । म कांग्रेसको काठमाडौँ महानगरपालिका वडा नम्बर–२४ इकाई उप–सभापति भएर ६–सात वर्ष काम गरे । तर, मेरो मूल्याङ्कन भएन ।

 एमालेमा चाहिँ के कारणले प्रभावित हुनुभयो ?

म सामाजिक कार्यकर्ता पनि हुँ । मलाई अहिले देश बचाउने राष्ट्रियताका पक्षमा कम गर्ने पार्टी चाहिएको छ । एमाले राष्ट्रवादी पार्टी हो । एमालेले लिएका राष्ट्रवादी अडानले मलाई प्रभावित पारेको छ । देश चलाउन सक्ने क्षमता भएको पार्टी पनि एमाले नै हो भनेर मैले यो पार्टी रोजेको हुँ । कुनै समयमा कांग्रेसले पनि बहुमत ल्याएको थियो तर देश विकासका लागि कुनै पनि काम गर्न सकेन । कांग्रेसले पाँच वर्षसम्म सरकार चलाएको पनि मलाई थाहा छैन । वाम गठबन्धन जोश, जागरका साथ नयाँ ढंगले आएको छ । म त्यही भएर एमाले प्रवेश गरेको हुँ । मलाई आशा छ । काठमाडौँ क्षेत्र नम्बर–८ मा देश बनाउन सक्ने, प्रदेशको मुख्यमन्त्री बन्ने क्षमता भएका नेता छन् । उहाँहरुलाई विजयी बनाएर पठाउनु हामी सबैको दायित्व हो । यो क्षेत्रका कांग्रेसका धेरै क्रियाशील सदस्यले पनि वाम गठबन्धनलाई भोट हाल्ने निश्चित छ । म देश बनाउने पार्टी एमाले नै हो भनेर प्रभावित भएँ ।  यस पार्टीमा आएर के योगदान गर्छु जस्तो लाग्छ ?काम गर्नका लागि कुनै पद नै चाहिदैँन । तल्लो तहमै भएपनि पार्टीभित्र रहेर योगदान गर्न सक्छु । काम गर्दैै जादाँ नेकपा एमालेले मूल्यांकन गर्छ भन्नेमा म ढुक्क छु ।  नेपाली कांग्रेसमा रहदाँ मैले नातावाद, कृपावाद हाबी भएको पाएँ । कांग्रेसमा गुटबन्दी मौलाएको देखेँ । त्यसैले मैले एमाले रोजेको हो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा भेटवार्ता

    प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डमा भेटवार्ता

अहिलेसम्म संगठनमा गरेका काम नै मेरा जित्ने आधारहरु हुन् : नरेश गेलाल, अध्यक्ष पदका उम्मेदवार

    यही चैत्र २९ गते नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन हुँदैछ

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री