घुसका सरदार र स्त्री लम्पट पाण्डे अख्तियारको कब्जामा, घुसको पैसाले रातोपुलमा युवतीलाई रक्सी पसल



हाम्रो इकोनोमि

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको हो । रक्सि र युवती नभई नहुने पाण्डेले बैदेशिक रोजगार ब्यबसायी संग घुस असुलेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए ।

 

उनीहरुको बयानका आधारमा महानिर्देशक पाण्डेको पनि त्यसमा मिलेमतो देखिएपछि पक्राउ गरिएको अख्तियार श्रोतले जानकारी दियो ।
मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट पौडल र केसी समातिएका थिए । वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
उनीहरुलाई पाण्डेले नै परिचालन गरेको अनुसन्धानबाट खुलेपछि पक्राउ गरिएको बुझिएको छ । पाण्डे आमागमी मंसिर ६ गते अवकाश लिने तयारीमा थिए । चाबहिलको अम्बे अपार्टमेन्टमा बस्ने पाण्डेले रातोपुलमा मदिरा पसल समेत संचालन गर्ने गरेका थिए। रखौल युवतीलाई सो पसल किनिदिएका उनि रेखा थापा बस्ने अपार्टमेन्टमा बस्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...