२७ व्यवसायीले करोडौ कर दम्पच पार्न यतिसम्म गरे, प्रधानमन्त्री देउवाका साला देखि गोल्छा समूहसम्मले यसरी गरे अटेर



हाम्रो इकोनोमि

ठूला करदाताको कार्यालयले मूल्य अभिवृद्धि कर र आयकर नतिर्ने ठूला २७ व्यवसायिक फर्मलार्इ सार्वजनिक सूचना जारी गरेर कर तिर्न आब्हान गरेको छ।
कार्यालयले पत्राचार र फोन सम्पर्क गर्दासमेत बक्यौंता तिर्न नआएपछि कर तिर्न सार्वजनिक सूचना जारी गरेको हो। कार्यालयले सार्वजनिक सूचना जारी गरिएका फर्ममा सुधिर बस्नेत, संजय गोल्छादेखि प्रधानमन्त्रीका नातेदार प्रदीप शम्शेर जबरासमेत छन्। प्रधानमन्त्रीका नातेदार प्रदीपले नाकाबन्दीको समयमा भारतबाट हवार्इ इन्धन ल्याएका थिए। प्रदिप देउवाका सालो समेत हुन।

उनको कम्पनी पेट्रोलिम्याक्सले इथोपियन एयरलाइन्समार्फत भारतबाट हवार्इ इन्धन ल्याएर नेपाल आयल निगमलार्इ दिएको थियो। जग्गा व्यापारबाट उदाएका सुधिर बस्नेत जग्गाको मूल्य घटेपछि एकाएक व्यापार डुब्यो। जग्गाबाट कमाएको रकमले अग्नि एयर संचालन ल्याए। तर जग्गासँगै उनले अग्नि एयरसमेत गुमाए।

जग्गाबाट डुबेका सुधिरले अग्नि एयरको आयकर अझै तिरेका छैनन्। एयरलाइन्स चलाएर डुबेका निकोन एयरका दीपमणि राजभण्डारीले समेत आयकर तिरेका छैनन्। न्यू नियोटेरिक नेपालले पनि आयकर तिर्न बाँकी छ। गोल्छा समूहका नियोटेरिकका संचालक संजय गोल्छा हुन्। यो कम्पनीले ब्राण्डेड कम्प्युटर बिक्री गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...