राजतन्त्र ल्याउन कांग्रेसमा यस्तो भयो सहमती,यी हुन राजा ल्याउन ज्यान फालेर लागेका कांग्रेसी



हाम्रो इकोनोमि

कम्युनिष्ट पार्टीहरूबीच गठबन्धन भइरहेका बेला नेपाली कांग्रेसका केही प्रभावशाली नेताहरू भने मुलुकमा सेरेमोनियल राजसंस्था ल्याउने विषयमा आन्तरिक गृहकार्यमा जुटेका छन् ।
‘सेरेमोनियल किंग’ ल्याउने अन्तिम तयारी भएको एक नेताले बताए । कम्युनिष्ट पार्टीहरूबाट राष्ट्र र राष्ट्रियतामाथि खतरा उत्पन्न भएका कारण नेपाली कांग्रेसका नेताहरू राजसंस्थाका सम्बन्धमा सकारात्मक देखिएका हुन ।

सेरेमोनियल राजसंस्थाका लागि डा.शशांक कोइराला, खुमबहादुर खड्का लगायतका नेताहरूको पहलमा शुरु भयो स्रोतको भनाइ छ । उनीहरूको अभियानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सकारात्मक रहेको बुझिएको छ ।

देउवाले कम्युनिष्टहरूको अधिनायकवादीभन्दा सेरेमोनियल राजसंस्था उचित हुनेभन्दै सकारात्मक रहेको स्रोतले जनाएको छ । देउवा सेरेमोनियल राजसंस्थाको प्रस्ताव आउँदा सुरुमा झस्किएका थिए । तर, डा.कोइराला र खड्काले सम्झाएपछि कन्भिन्स भएको एक नेताले बताए ।

कम्युनिष्टहरूले संसदीय व्यवस्थालाई पंगु बनाउन गृहकाय गरिरहेका बेला कांग्रेसको यो अभियानलाई जनताले साथ दिने बताइएको छ ।
‘अहिलेको व्यवस्थामा कुनै समयमा मुस्लिम वा क्रिश्चियन पनि राष्ट्रपति बन्न सक्छ । त्यो बेला धार्मिक आस्थामाथि प्रहार हुन सक्छ’, नाम उल्लेख नगर्ने सर्तमा कांग्रेसका एक नेताले बताए । उनले कांग्रेसको यो अभियानलाई अधिकांश नेताहरूको साथ रहने बताइएको छ ।

कांग्रेसले बहुमत ल्यायो भने राजसंस्थाको ल्याउन अभियान चलाउने बताइएको छ । सोही डिजाइनअनुसार शेरबहादुर देउवालाई सभापति, प्रकाशमान सिंह प्रधानमन्त्री र रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने प्रस्तावबारे पनि छलफल भइरहेको छ । यो प्रस्तावमा महामन्त्री डा. कोइराला पनि सकारात्मक छन् ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...