देउवा सरकारका तमाशे मन्त्री जसले बाटैमा पुलिसलाई जबर्जस्ती सलामी हान्न लगाए,ठाउँ न ठहर, सलामी लिने यस्तो लाज लाग्दो रहर



हाम्रो इकोनोमि

नेताहरु किन मन्त्री बन्न खोज्छन्? किनभने, मन्त्री बनेपछि मानसम्मान पाइन्छ। गाडीलगायतका सुविधा पाइन्छ। सेना–प्रहरी लगायत सुरक्षा निकायको सलामी पनि पाइन्छ।

यस्ता सम्मान पाएपछि आफूलाई समर्थन गर्छन्, प्रधानमन्त्रीमा टिक्न सजिलो हुन्छ भनेर होला, प्रधानमन्त्री शेरबहादुर देउवाले ६४ जनाको मन्त्रीमण्डल बनाएका छन्।

औपचारिक सलामी त्यस्ता व्यक्तिलाई दिइन्छ, जसको गाडीमा नेपालको राष्ट्रिय झण्डा फहराएको हुन्छ। तर, बुधबार सुर्खेतबासीले सडकमा एउटा रोचक दृष्य देख्न पाए।
हिँडिरहेका एकजना व्यक्ति बुद्धमार्गस्थित मूल सडकमा नै प्रहरीबाट सलामी लिइरहेका थिए। ती व्यक्तिले प्रहरीबाट लिइरहेको दृष्य सडक वरिपरि रहेका स्थानीयवासीले रमाइलो मानेर हेरिरहेका थिए।
पछि स्थानीयवासीले थाहा पाए, उनी सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्ट पो रहेछन्। सुर्खेत–३ का निवर्तमान सांसद बिष्ट अहिले सुर्खेत–२ (ख) बाट प्रदेश सभामा उम्मेदवार छन्।

ओहोदाका कारण बिष्ट प्रहरी सलामीका भागेदार होलान्। तर के बीच सडकमा यसरी सलामी लिइदिने दिने अभ्यासले मन्त्री पदको गरिमा बढ्ला?

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...