कांग्रेस नेता बिजय गच्छद्धारले दिए एमाले उम्मेदवार भगवती चौधरीको परिवार नै सकाइ दिने धम्की



हाम्रो इकोनोमि

 

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता र चुनावी तालमेलपछि अताल्लिएको नेपाली कांग्रेसले सत्ताको चरम दुरुपयोग गर्दै बाम तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि आक्रमण गराउने र धम्क्याउने श्रृंखला मच्चाएको तथ्इ खुलेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकै निर्देशनमा आचार संहिता उलंघन गर्ने, कर्मचारीमा सरुवा आतंक मच्चाउने र बिप्लव माओवादीको नाममा बाम गठबन्धनका उम्मेदवारमाथि भौतिक आक्रमणसमेत गराउन थालेको पाइएको छ ।

पछिल्लो समय कांग्रेस नेता बिजयकुमार गच्छद्धारले सुनसरी ३ की एमाले उम्मेदवार भगवती चौधरीलाई चुनाव प्रचार प्रशारमै नखटन धम्की दिन लगाउनु भएको छ । चुनावी प्रचारको क्रममा रहेकी चौधरीलाई गच्छद्धारले परिवारको सदस्इ समाप्त पारिदिने धम्की कार्यकर्तामार्फत दिनुभएको छ ।

‘छोराछोरी र परिवारका सदस्यको माया भए चुप लागेर बस्नु, अन्यथा जेसुकै हुनसक्छ,’ गच्छदारको सहयोगीलको भनाई उधृत गर्दै चौधरी परिवारका एक सदस्यले भने । पछिल्लो समय चुनाव हार्ने अवस्था देखेपछि गच्छद्धारले एमाले उम्मेदवार चौधरीलाई चरम मानसिक यातना दिनुभएको छ । उहाँले प्रहरी र कर्मचारीसमेत आफ्नै सहयोगी रहेको र आपराधिक मानिससमेत प्रयोग गर्न सक्ने भन्दै धम्की दिनुभएको छ ।

यता प्रदेश २ का संयोजकसमेत रहनु भएका एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डलमाथि सुरक्षा थ्रेट बढेपनि सरकारले कुनै ब्यवस्था मिलाएको छैन । ‘धम्की बढिरहेको छ, सुरक्षा थ्रेट छ तर सरकारले माग्दा पनि उपलब्ध गराएको छैन,’ सप्तरीका एक नेताले भने । उता कांग्रेस उम्मेदवारलाई भने थ्रेट नभए पनि सुरक्षाकर्मी उपलब्ध गराइएको छ । एमाले पोलिटब्युरो सदस्इ शेरधन राईमाथि पनि कांग्रेसकै योजनामा टेम्के मैयुममा आक्रमण गराइएको बताइएको छ ।

यस्तै संखुवासभामा कांग्रेस कार्यकताले एमाले कार्यकर्ताको घरमा जवर्जस्तती आफ्नो झण्डा राखेर निहु खोज्दै आक्रमण गर्ने काम भएको एमाले केन्द्रीय निर्वाचन परिचालन किमटीका प्रवत्ता बिष्णु रिमालले जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...