शरद गौचन हत्यामा संलग्न मुख्य सुटरसहित एक भारतीय र चार नेपाली सार्वजनिक,यी हुन गौचनलाई गोली हान्ने?



हाम्रो इकोनोमि

निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित पाँच जनाको नाम महानगरीय प्रहरीले सार्वजनिक गरेको छ।र सबैलाई सार्बजनिक समेत गरेको छ।

प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी उनीहरुको नाम सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा मुख्य सुटर नुवाकोटका राजीव लामा स्याङ्तान, पर्साका शिवजी महतो, भारत विहारका मुकेश पाण्डे, चितवनका सन्तोष गुरुङ र नागार्जुनका प्रकाश बुढाथोकी रहेका छन्।

गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो। मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए।

प्रहरीले यसअघि हत्यामा प्रयोग गरिएको आशंकामा दुई वटा मोटरसाइकल बरामद गरेको थियो। जसमध्ये एउटा चोरीको मोटरसाइकल भएको प्रहरीको अनुसन्धान समितिले पत्ता लगाएको थियो।

घटनाको छानबिनका लागि डिआइजी गणेश केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले गुन्डा समिरमानसिंह लगायतलाई शंकाको घेरामा राखेर अनुसन्धान गरेको थियो। प्रहरीका अनुसार पाण्डे र महतोले हतियार व्यवस्थापनको काम गरेका थिए भने गुरुङले हत्यामा प्रयोग भएको मोटरसाइकल जोहो गरेका थिए । बुढाथोकी भने समिरका सहयोगी हुन् ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...