बाम गठबन्धनका उम्मेदवारमाथि आक्रमण भएलगत्तै र ओलीले कडा प्रतिबाद गरे संगै आत्तिएर देउवाले दिए यस्तो सनसनीपूर्ण वयान!



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका बेला उम्मेदवारमाथि भइरहेका आक्रमणका दोषीलाई कडा कारबाही गर्ने बताएका छन ।

प्रधानमन्त्री देउवाले ठाउँ ठाउँमा भइरहेका आक्रमण तथा चुनाव विथोल्ने क्रियाकलापलाई सरकार तथा गृहमन्त्रालयले समेत गम्भीर रुपमा नजिकबाट हेरिरहेको भन्दै उनले ती घटनामा संलग्नलाई कारबाही हुने स्पष्ट पारे ।

पश्चिमका जिल्लाहरुमा चुनावी कार्यक्रममा भाग लिन निस्किएका प्रधानमन्त्री देउवाले मंगलबार (आज) नेपालगन्ज विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन् । ‘छिटफुट घटनाहरु भइरहेका छन् तर, सरकारले चुनाव सुरक्षित र भयरहित बनाउनका लागि लागिपरेको छ,’ प्रधानमन्त्री देउवाले भने– ‘त्यस्ता घटनामा संलग्नलाई कारबाहीका लागि गृहमन्त्रालय अनि सरकारले सबै सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ ।

देउवाले नेपालगन्जमा मंगलवार भएका मध्यपश्चिम सुरक्षा गोष्ठीलाईे सम्बोधन समेत गरेका थिए । त्यसक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्याल पनि सहभागी थिए । कार्यक्रम सबै सुरक्षा अंगका प्रमुखहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा गृहमन्त्री देउवाले निर्वाचनलाई भयरहित र सुरक्षित बनाउन निर्देशन दिए ।

‘चुनाव नजिकिइरहेको छ, चुनाव विरोधी अवाञ्छित गतिविधिहरु पनि भइरहेका छन्, त्यस्ता क्रियाकलापहरुलाई तुरन्त रोक्नुस र कारबाही गर्नु प्रधानमन्त्री देउवाले भने सरकार यो चुनाव भयरहित शान्त र सुरक्षित चाहन्छ त्यहीअनुरुप तपाईँहरु पनि मतदाता, उम्मेदवार र चुनावी सुरक्षामा खटिनुस्,’ देउवाले निर्देशन दिँदै भने ।

प्रधानमन्त्री देउवा ३० गते आफ्नो गृहजिल्ला तथा निर्वाचन क्षेत्र डलेल्धुरालगायतका जिल्लाहरुमा हुने चुनावी अभियानमा सहभागी हुन पश्चिम नेपालको भ्रमणमा निस्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...

रवि र बालेनले उद्घाटन समारोहमा सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी...

लुम्बिनीमा पनि उठ्यो एमाले नेतृत्व पुनर्गठनको माग

    नेतृत्व पुनर्गठनको माग लुम्बिनीमा जोडतोडले उठेको छ । आम निर्वाचनमा पार्टी...

कक्षा १२ को नतिजा प्रकाशन

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।...