निर्माण व्यवसायी गौचनको हत्यामा संलग्न सुटर राजीव लामासहित ५ जना यसरी समात्यो प्रहरीले,३ बजे पत्रकार सम्मेलन गरी सार्बजनिक गरिने



हाम्रो इकोनोमि

निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित पाँच जना पक्राउ परेका छन्।
महानगरीय प्रहरीले आजै पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने भएको छ। सुटर राजीव लामा रहेको स्रोतले पुष्टि गरेको छ। लामाले गुन्डा समिरमानसिंह बस्नेतको निर्देशनमा व्यवसायी गौचनमाथि गोली हानेको प्रहरी अनुसन्धानमा देखिएको छ।
गोली हान्न निर्देशन दिने बस्नेत भने फरार रहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले भने, ‘हत्यामा संलग्न सुटरसहित पाँच जना पक्राउ परेका छन्। आज ३ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै छौं।’
गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो। मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए।

प्रहरीले यसअघि हत्यामा प्रयोग गरिएको आशंकामा दुई वटा मोटरसाइकल बरामद गरेको थियो। जसमध्ये एउटा चोरीको मोटरसाइकल भएको प्रहरीको अनुसन्धान समितिले पत्ता लगाएको थियो।
घटनाको छानबिनका लागि डिआइजी गणेश केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले गुन्डा समिरमानसिंह लगायतलाई शंकाको घेरामा राखेर अनुसन्धान गरेको थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...