माओवादी उम्मेद्धारमाथीका आक्रमण सरकारकले गराएको प्रचण्डको दावी यस्ता चुनाव बिरोधी काम नर्गन कडा चेतावनी



हाम्रो इकोनोमि

 

 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डाले सरकार चुनाव रोक्न अनेक षडयन्त्र गरीरहेको आरोप लगाउनु भएको छ । वहाँले सरकारलाई यस्ता षडयन्त्र नर्गन कडा चेतावनी पनि दिएका छन ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारकै संलग्नतामा आफ्ना उम्मेदवार माथी आक्रमण भएको बताउनु भएको छ । उहाले पछिल्लो समय बढेको सुरक्षा चुनौतीमा सरकार नै प्रमुख दोषी भएको आरोप लगाउनु भएको हो ।

चितवनको शिवनगरमा  सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष दाहालले नेत्र विक्रम चन्दको नेकपासंग मिलेर कांग्रेसकै निर्देशनमा माओवादी नेतामाथि आक्रमण भएको टिप्पणी गर्नुभयो । आक्रमण गर्ने विप्लवका कार्यकर्ता प्रहरीले प्रक्राउ गर्दा रिहा गर्न माग गर्दै सरकारकै राज्यमन्त्री एंव रोल्पा कांग्रेसका सभापति अमरसिंह पुनले विज्ञप्ती निकालेकाले यसको पुष्टि हुने बताउनु भयो ।

बाम गठबन्धनलाई अधिनायकवादको संज्ञा दिने तर आफैं त्रास फैलाउन खोजेको भन्दै उहाँले सरकारलाई आफ्नो रबैया तत्काल सुधार्न आग्रह गर्नुभएको छ । रोल्पामा माओवादी नेता वर्षमान पुनमाथि रोल्पामा शनिवार र आइतवार आक्रमण भएको थियो । फरक प्रसङ्गमा दाहालले कात्तिक ९ गते पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको प्रष्ट पार्नुभयो । अहिले चुनाव नै पहिलो प्राथमिकतामा रहेको भन्दै उहाँले चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...