प्रधानमन्त्री देउवाको वडामा डा. राजन भट्टराईको घर दैलो



हाम्रो इकोनोमि

नेकपा एमालेका केन्द्रिय सदस्य एबम बाम गठवन्धनको तर्फ बाट काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार डा. राजन भट्टराईले  प्रधानमन्त्री शेर बहादुर देउवाको निवास रहेको बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा र घर दैलो गरेका छन ।

उनि संगै काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र नं २ का उम्मेदवार निर्मल कुसुम कुमार कार्की सहित माओवादी केन्द्रको तर्फ बाट समानुपातिक तर्फका उम्मेदवार अमर विक  सहित आज कार्तिक २६ गते बुढानिलकण्ठ  क्षेत्रको घर दैलो अभियानमा रहेका  थिए ।उनको साथमा बुढानिलकण्ठ नगरपालिका वडा नं २ का अध्यक्ष राजेन्द्र खड्का ,सदस्य राजेन्द्र श्रेष्ठ ,वडा नं १ का सदस्य श्याम तामांग लगायत नेकपा एमालेका कार्यकर्ता तथा स्थानीयहरुको  सहभागिता रहेको थियो ।

उनले आफु स्थानीय रहेकोले यस  क्षेत्रको समस्या संग परिचित भएको भन्दै स्थानीय क्षेत्रको समस्या समाधानका लागि मत मागेका थिए । घर घरमा उनलाई फुल माला,टिका र खादाले स्वागत गर्दै आफ्नो समस्या सुनाएका थिए ।घर दैलोको क्रममा उनले आफ्नो परिचय पुस्तिका र प्रतिवादत्ता पत्र वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...