जेष्ठ नागरिकको आशीर्वाद थाप्दै निर्मल



हाम्रो इकोनोमि

काठमाडौं क्षेत्र नम्बर ४ का बाम गठबन्धन उम्मेदवार निर्मल कुइकेल लाई जेष्ठ नागरिकले बिजयको लागि शुभकामना प्रदान गरेका छन् ।
आइतबार चाबहिलमा आयोजित एक कार्यक्रममा उपस्थित जेष्ठ नागरिकहरुले कुइकेललाइ आशीर्वाद प्रदान गरेका हुन् । एमाले बृद्ध बृद्धाको सहज जिवनयापनको सहयोगी भएकाले सुर्यलाइ नै अफुहरुले मतदान गर्ने उनिहरुले वचन दिए ।

सो अवसरमा नेता कुइकेलले एमाले जेष्ठ नागरिकहरुको सम्मान गर्ने दल भएकाले निर्वाचन अभियानमा होमिनको लागि आफू आशिर्वाद थाप्न आएको बताएका थिए । राष्ट्रको अभिभावकको रूपमा रहेका जेष्ठ नागरिकको हित, सामाजिक सुरक्षा र सहज दैनिकिका लागि आफू निरन्तर रूपमा लागिपर्ने उनले बताए ।

एमालेका मृदुभासी नेता कुइकेल काठमाडौं क्षेत्र नम्बर ४ को प्रदेस सभा १ का उम्मेदवार हुन् । एमालेको काठमाडौं जिल्ला अध्यक्ष रहिसकेका उनको पक्षमा यश क्षेत्रमा जनमत बलियो बन्दै गएको आम चर्चा छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...