साउदी नेतृत्वको सेनाद्वारा यमनी रक्षा मन्त्रालयमा आक्रमण



हाम्रो इकोनोमि

साउदी अरेबियाको नेतृत्वको हवाई सेनाले शनिबार यमनको रक्षा मन्त्रालयमा हमला गरेको समाचार छ ।

उक्त सेनाले यमनको रक्षा मन्त्रालयमा शनिबार हवाई कारबाही गरेको समाचारमा जनाइएको छ । उक्त कारबाहीमा परी तीनजना गैर सैनिकको ज्यान गएको छ । अरु क्षतिको बारेमा भने केही बताइएको छैन ।

हुथी विद्रोहीको सञ्चारमाध्यम अल मासिराहले सो जानकारी दिएको छ । उक्त सञ्चारकाअनुसार साउदी नेतृत्वको हवाई सेनाले शनिबार साँझको समय पारेर सो हमला गरेको थियो ।

एक स्थानीय बासी मोहम्मद अतिफले भने– रातिको समयमा सेनाले रक्षा मन्त्रालयको भवनलाई लक्षगरेर हमला गरेको थियो र त्यसका कारण मेरो घर समेत हल्लेको थियो ।

उनले निकै ठूलो आवाज आउनेगरी र शक्तिशाली हतियार रक्षा मन्त्रालयको भवनमा बर्साएको आफूले देखेको र आफू निकै डराएर बाहिर निस्किन पनि नसकेको उनले बताएका छन् ।

यमनी सुरक्षाकर्मीसँगको झडपमा ३५ हुथी लडाकूको मृत्यु

उता प्राप्त अर्को एक समाचारमा सरकारी सुरक्षाकर्मीसँग शुक्रबार दिउसो भएको सशस्त्र झडपमा परी यमनी सिया हुथी समूहका कम्तीमा ३५ लडाकूको मृत्यु भएको यमनको सरकारी सेनाले जनाएको छ ।

यमनी सेनाका एकजना कमाण्डरले सिन्ह्वा न्यूज एजेन्सीलाई जनाएअनुसार दक्षिणपश्चिममा रहेको ताइज प्रान्तमा भएको कारबाहीमा ३५ जनाको मृत्यु भएको र झडपमा १९ जना विद्रोही घाइते भएका छन् ।

झडपका क्रममा सरकारी सुरक्षाकर्मीले केही स्थानमा बिछ्र्याइएका शक्तिशाली विस्पोटक पदार्थलाई पनि निस्क्रिय पारेको जनाएको छ । त्यस्तै ठूलो मात्रामा बन्दोबस्तीका सामान तथा हतियार बनाउन प्रयोग गरिने कच्चा पदार्थ पनि नियन्त्रणमा लिएको सुरक्षा स्रोतले जनाएको छ ।

सेनाले आफ्नोतर्फ क्षति भएको वा नभएको सम्बन्धमा केही जनाएको छैन । तर स्थानीय स्वास्थ्यकर्मीले भने सरकारी सुरक्षाकर्मीतर्फ पनि केहीको मृत्यु भएको जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...