बिस्व क्रिकेट बादशाह भारतविरुद्ध नेपालको जित



मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालसँग भारत १९ रनले पराजित भएको छ ।
नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४८.१ ओभरमा १६६ रन बनाउँदै अल आउट भएको हो ।

नेपालको जितका लागि कप्ता दीपेन्द्रसिंह ऐरीले ४, पवन सरार्फ २, सहब आलामले २ विकेट लिए भने ब्याटिङतर्फ समेत कप्तान दीपेन्द्रले १०१ बलमा ८८ रन बनाए ।

मलेसियाको बायुमास रंगशालामा भएको खेलमा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो । नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो ।

नेपालका लागि कप्तान दिपेन्द्रसिंहले ८८ रनका लागि १०१ बलमा ६ चौका र २ छक्का प्रहार गरे । जितेन्द्रसिंह ठकुरीले ३६ र भीम सार्कीले १५ रन मात्र बनाए।

 

शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको नेपाललाई समूह चणर पार गर्न भारतलाई पराजित गर्नै पर्ने दबाब थियो ।

भारतका लागि आदित्य ठाकरे र अभिषेक शर्माले दुई, दुई विकेट लिएका थिए ।

एसीसी–१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल रहेको समूह ‘ए’ मा नेपालसहित भारत, बंगलादेश र मलेसिया छन् । समूह ‘बी’ मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई छन् ।

 

प्रतिक्रिया दिनुहोस
बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ

एमाले बागमतीमा पुराना जगाऊँ, नयाँ बढाऊँ अभियान

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीको सचिवालय बैठक सोमबार सम्पन्न भएको छ

रवि लामिछानेको बयान सकियो

  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

आजको विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।