बस र ट्यांकर ठोकिँदा १५ घाइते



हाम्रो इकोनोमि

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको रत्ननगरस्थित टिकौलीमा आज अपराह्न यात्रु बस र इन्धन बोकेको ट्यांकर ठोकिँदा १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वतर्फ जाँदै गरेको ना २ ख ४२२६ नं को बस र विपरीत दिशातर्फ आउँदै गरेको तेल बोकेको ना ७ ख २२०० नं को ट्यांकर १२।१० बजे ठोकिएका हुन् ।

घटनामा बस चालक राप्ती नगरपालिका–७ का २५ वर्षीय राजकुमार तामाङसहित १४ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये ११ जनाको चितवन मेडिकल कलेज तथा तीन जनाको पुरानो मेडिकल कलेज र एक जनाको सेन्ट्रल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चालकसहित तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्यांकर चालक भने फरार छन् ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...