प्रहरी अस्पताल सर्वसाधारणका लागि खुला



हाम्रो इकोनोमि

महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुला गरिएको छ ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज सर्वसाधारणका लागि खुला भएको स्वास्थ्य सेवाको शुभारम्भ गर्दै सविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकका रुपमा व्याख्या गरिएकाले प्रहरीले पनि नागरिकका लागि प्रहरी अस्पताल खुला गरेको स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘सर्वसाधारणका शान्तिसुरक्षा कायम गर्नुका साथै नागरिकको स्वास्थ्य पनि हाम्रो जिम्मेवारी हो, यसले जनतासँगको सम्बन्ध अझ बढी मजबुत विश्वासिलो हुनेछ, अस्पतालबाट गरिने हेरचाह र व्यवहार यसको पृष्टि गर्नेछ ।’’

नागरिकलाई सेवा दिन थालेपछि सेवा पाउँदै आएका नेपाल प्रहरीका बहालवाला कर्मचारी, शहीद परिवार, पूर्वप्रहरी र उनीहरुका आफन्त तथा आश्रित परिवारले पाउँदै आएको सेवामा कुनै असर पर्न नदिन अस्पतालले ध्यान दिने उहाँले बताउनुभयो ।

अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेलले अपराह्न १ देखि ३ बजेसम्म बहिरङ्ग सेवा सर्वसाधारणका लागि दिइने बताउँदै अन्य सरकारी अस्पतालले दिँदै आएको शुल्ककै वरपर रहेर प्रयोगशाला, शल्यक्रियालगायत सबै सेवा प्रदान गरिने जानकारी दिनुभयो ।
अस्पतालमा जनशक्ति तथा भौतिक स्रोतसाधन थप गरेर सर्वसाधारणलाई पनि सेवा दिन लागिएको बताउँदै निर्देशक पोखरेलले भन्नुभयो,‘‘हामीले अत्याधुनिक ल्याब स्थापना गरिसकेका छौंँ, अस्पतालको श्यया थप्ने प्रक्रिया पनि अघि बढिसकेको छ ।’’

अस्पतालमा उपचारका लागि जाने सर्वसाधारण बिरामीले रु ५० को टिकट काट्नुपर्छ । औषधि तथा भर्ना हुने बिरामीका लागि खानाका शुल्क विषयमा पनि प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसँग छलफल गरी चाँडै टु्ंगो लगाइने बताइएको छ । तत्कालका लागि आकस्मिक बिरामीका लागि आठ श्यया, महिला पु्रुषका लागि १०÷१० श्यया र शल्यक्रियापछि राख्नका लागि चार श्यया छुट्याइएको छ ।
पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सैनिक र प्रहरी अस्पताल सर्वसाधारणका खुला गर्नुपर्ने प्रयास अघि बढाउनुभएको थियो । सोहीअनुरुप विसं २०७४ जेठ ४ गते मन्त्रिपरिषद्को बैठकले प्रहरी अस्पताल सर्वसाधारण नागरिकका लागि खुला गर्ने निर्णय गरेको थियो । यसअघि अस्पतालले बहालवाला, अवकाशप्राप्त प्रहरी, उनका परिवार र शहीद परिवारलाई मात्र सेवा दिँदै आएको थियो ।

 

उक्त अस्पतालमा दैनिक पाँच सयदेखि हजार बिरामीले बहिरङ्ग विभागमा उपचार गराउँदै आएका छन् । अब १५० बिरामीले भर्ना भएर उपचार सेवा लिनेछन् । सैनिक अस्पताल यसअघि नै नागरिकका लागि खुला गरिसकिएको छ । अस्पतालमा सबै प्रकार रोगको उपचार हुँदै आएको छ । अस्पतालले भविष्यमा क्षेत्रीय प्रहरी अस्पतालमा पनि सर्वसाधारणका लागि उपचार सेवा दिने विषयमा छलफल गरिरहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...