माधब नेपाल भन्छन- ०७० को उपनिर्वाचनमा मैले काठमाडौँ क्षेत्र नम्बर–२ प्राविधिक रुपमा छाडेको हुँ, भावनात्मक रुपमा होइन



हाम्रो इकोनोमि

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले गणतन्त्र प्राप्तिको आन्दोलनमा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादीलाई तानेर ल्याउने पार्टी एमाले नै भएको दाबी गर्नुभएको छ । काठमाडौँ क्षेत्र नम्बर–२ का संघका प्रत्यक्ष तर्फका उम्मेदवार समेत रहनु भएका नेपालले चुनावी प्रचारका क्रममा वडा नम्बर–३२ को कोट्देवी वुथ उद्घाटन गर्ने क्रममा यस्तो बताउनु भएको हो । ‘०६२–०६३ को जनआन्दोलनका बेला फरक कित्तामा रहेका नेपाली कांग्रेस र नेकपा माओवादीलाई लोकतन्त्रप्राप्तिको आन्दोलनमा सहभागी गराउन महत्वपूर्ण भूमिका खेलेको पार्टी एमाले नै हो,’ एमालेका तत्कालीन महासचिव समेत रहनु भएका नेपालले भन्नुभयो, ‘१० वर्षसम्म सशस्त्र युद्ध लडेको माओवादी र गणतन्त्रको शब्द पनि सुन्न नचाहने कांग्रेसलाई एक ठाउँमा ल्याउने काम एमालेकै कारण सफल भएको हो ।’

उहाँले चुनावी प्रचारका क्रममा काठमाडौँ क्षेत्र नम्बर–२ का जनतासँग आफ्नो भावनात्मक नातो जोडिएको पनि बताउनु भयो । ‘कतिपयले ०७० सालको उपनिर्वाचनमा माधव नेपालले दुई क्षेत्र जित्दा काठमाडौँ–२ छाडेर रौतहट रोज्यो भनेर हल्ला गरेका छन्,’ उहाँले भन्नुभयो, ‘त्यो गलत हल्ला हो । त्यतिबेला मधेसमा आन्दोलन चर्किएको थियो । त्यस्तो बेलामा पहाडिया नेताले मधेस छाडे भन्ने आरोप लाग्छ भनेर मलाई पार्टीले काठमाडौँ–२ छाड्न आग्रह गरेपछि मैले पार्टीको इमान्दार सिपाही भएको नाताले स्वीकार गरहेको हुँ ।’
उहाँले काठमाडौँ–२ आफूले प्राविधिक रुपमा छाडे पनि भावनात्मक रुपमा यही रहेको र विकास निर्माणका काममा पनि सक्दो प्रयास गरेको बताउनुभयो । ‘म प्रधानमन्त्री हुँदा होस या सांसद् रहँदा नै किन नहोस् यहाँको विकासमा सक्दो प्रयास गरिरहेको छु,’ उहाँले भन्नुभयो, ‘समृद्ध नेपाल निर्माण गर्न वामशक्तिकै सरकार हुनुपर्छ भनेर यो प्रक्रिया अघि बढाएका हौँ ।’ उहाँले आफू विजयी भएपछि कागेश्वरी मनहरा र शंखरापुर नगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गर्ने पनि बताउनुभयो । उहाँले वाम तालमेलका लागि आफूले पनि निकै ठूलो प्रयास गरेको बताउनुभयो ।

नेपाल आज प्रयाग मार्गमा मुस्लिम समुदायसँग भेटघाट गर्ने, विमानस्थल मजदुर विशेष जिल्ला कमिटीले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी हुनेलगायतमा सक्रिय रहनु भएको छ । काठमाडौँ क्षेत्र नम्बर–२ का प्रदेशसभा ‘क’ का उम्मेदवार सानु श्रेष्ठले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्दा अधिग्रहणमा परेको जग्गाको मुआब्जा दिने, टाउन प्लानिङलाई व्यवस्थित गर्ने, खानेपानी, सडकलाई व्यवस्थित गर्ने जस्ता कार्यमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

  बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य...

धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...