एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु



हाम्रो इकोनोमि

एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

प्यूठानबाट भैरहवा जाँदै गरेको रा१च ६५५ नंको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको लु३०प ५२५३ नंको मोटरसाइकल शुद्धोधन गाउँपालिका–६ तितिरियामा शनिबार साँझ उछिन्ने क्रममा एकापसमा ठोक्किँदा मोटरसाइकल चालक रुपन्देही जिल्ला कोटिवामायी गाउँपालिका–५ बस्ने २३ वर्षीय रोहित यादवको मृत्यु भएको हो ।

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका यादवको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको इप्रका पकडीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिनुभयो । एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
हात्तीको आक्रमणबाट पथलैयामा ट्रक चालकको मृत्यु

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित पथलैया-निजगढ सडकखण्डमा जंगली हात्तीले...

मुख्यमन्त्री नियुक्ति विवादले मधेशमा तनाव

    मुख्यमन्त्री नियुक्तिको विरोधमा प्रदेश प्रमुखको राजीनामा माग्दै मधेश प्रदेश प्रमुख र...

एमालेले बोलायो विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक

    नेकपा एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलाएको छ । प्रतिनिधि सभा...

भीम रावलपनि प्रचण्ड-माधवको नेकपामा विलय हुने

    नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा. भीम...