विद्यालयलाई रु ८० लाख सहयोग



मोरङको बेलबारी–९ डाँगीहाट चोकमा अवस्थित काली माध्यमिक विद्यालयका लागि पूर्व निर्वाचन आयुक्त सुरेन्द्रबहादुर बस्नेतले निजी खर्चमा रु ८० लाखको लागतमा आठकोठे दुई तले भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न लाग्नु भएको छ । सो भवनको निर्माण शुरु भै सकेको छ ।

सो भवनको नाम दाताको बुबा र आमाको नाममा नरवम–शिवकुमारी स्मृति भवन राखिने विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष शालिग्राम बस्नेतले बताउनुभयो ।

भवन निर्माणका लागि भवन निर्माण समितिको तर्फबाट अध्यक्ष बस्नेतको नाममा खोलिएको बैंक खातामा उक्त रु ८० लाखलाई पाँच किस्तामा गरी एकाउण्ट पेयी चेकमार्फत आउने शर्त रहेको विद्यालयका प्रधानाध्यापक तिलक लम्सालले बताउनुभयो । बन्द हडताल नभएमा भवन निर्माण आठ महिनाभित्र गरिसक्नुपर्ने सहमति रहेको छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७४, आइतबार  ०६ : ०१  बजे

प्रतिक्रिया दिनुहोस
इलिक्सरको सर्वोत्कृष्टताको निरन्तरता, १८ जनाले ल्याए ४ जिपिए

    काठमाडौँ कुमारीगाल, चाबहिलमा अवस्थित इलिक्सर एकेडेमीले संस्कार सहितको शिक्षालाई विशेष महत्व

माग पुरा नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

    असार १५ गते पारित गर्ने सहमति भए पनि शिक्षा विधेयक अगाडि

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी

     माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ

एकहप्ता भित्रै एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

    यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अबको एक साताभित्रै सार्वजनिक