विद्यालयलाई रु ८० लाख सहयोग



हाम्रो इकोनोमि

मोरङको बेलबारी–९ डाँगीहाट चोकमा अवस्थित काली माध्यमिक विद्यालयका लागि पूर्व निर्वाचन आयुक्त सुरेन्द्रबहादुर बस्नेतले निजी खर्चमा रु ८० लाखको लागतमा आठकोठे दुई तले भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न लाग्नु भएको छ । सो भवनको निर्माण शुरु भै सकेको छ ।

सो भवनको नाम दाताको बुबा र आमाको नाममा नरवम–शिवकुमारी स्मृति भवन राखिने विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष शालिग्राम बस्नेतले बताउनुभयो ।

भवन निर्माणका लागि भवन निर्माण समितिको तर्फबाट अध्यक्ष बस्नेतको नाममा खोलिएको बैंक खातामा उक्त रु ८० लाखलाई पाँच किस्तामा गरी एकाउण्ट पेयी चेकमार्फत आउने शर्त रहेको विद्यालयका प्रधानाध्यापक तिलक लम्सालले बताउनुभयो । बन्द हडताल नभएमा भवन निर्माण आठ महिनाभित्र गरिसक्नुपर्ने सहमति रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

व्याक नहुने अडानमा कन्सल्टेन्सी व्यवसायीका स्वतन्त्र समुह

    सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...