चुनाव भाड्ने षडयन्त्र भएको भन्दै प्रचण्डले सरकार माथि आरोपै आरोप थोपरे,प्रचण्डको नजरमा यसरी भाड़ीदैछ चुनाब



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले एकथरि मान्छे प्रयोग गरेर निर्वाचन भाँड्न खोजेको आरोप लगाउनुभएको छ ।
पेशागत महासंघ नेपाल चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको बृहत् वनभोज तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले चुनाव भाड्ने षडयन्त्र अझै पनि भइरहेको बताउनुभयो ।

रुकुम घटनामा हतियारधारी जत्था पक्राउ पर्दा नेपाली काँग्रेसका बहालवाला मन्त्रीले विज्ञप्ति जारी गरेर छोड्नु पर्छ भन्नु र विगत केही दिनयता उम्मेदवारमाथि शृंखलागत आक्रमण हुनुले निर्वाचन भाड्ने गम्भीर षडयन्त्र भएको उहाँले बताउनुभयो ।

रुकुममा जनार्दन शर्मा, रोल्पामा प्रदेशसभाका एक उम्मेदवार, आज बिहान मात्रै पूर्वअर्थमन्त्री वर्षमान पुन लक्षित गरी रोल्पामै माइन विस्फोट गराइएको भन्दै उहाँले यस्ता घटना निन्दनीय रहेको उल्लेख गर्नुभयो ।
यस्ता घटनाका पछाडि के उद्देश्य छन् भन्ने कुरा एक दुई दिनमा थाहा हुने भन्दै उहाँले एकथरि मान्छेलाई प्रयोग गरेर निर्वाचन आफ्नो पक्षमा पार्ने वातावरण सरकारले गर्छ भने त्यो गम्भीर भूल हुने उहाँले बताउनुभयो ।
अहिले देश फरक राजनीतिक परिघटनामा रहेको भन्दै उहाँले सफल ढंगले निर्वाचन गराउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

लोकतन्त्र हामी सबैले स्वीकार गरिसकेको भन्दै उहाँले भन्नुभयो “वामपन्थी लोकतान्त्रिक वा दक्षिणपन्थी लोकतान्त्रिक भन्ने कुरामा मात्रै फरक हो ।” काँग्रेस र अरु दललाई मात्र लोकतान्त्रिक भन्नु गलत भएको उहाँले बताउनुभयो । वामपन्थी तानाशाहीतर्फ जाँदैछन् भन्ने हल्ला मात्रै फिजाइएको भन्दै उहाँले देशलाई समाजवादतर्फ लैजाने भन्ने कुरा संविधानमा नै उल्लेख भएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...