चुनाव भाड्ने षडयन्त्र भएको भन्दै प्रचण्डले सरकार माथि आरोपै आरोप थोपरे,प्रचण्डको नजरमा यसरी भाड़ीदैछ चुनाब



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले एकथरि मान्छे प्रयोग गरेर निर्वाचन भाँड्न खोजेको आरोप लगाउनुभएको छ ।
पेशागत महासंघ नेपाल चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको बृहत् वनभोज तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले चुनाव भाड्ने षडयन्त्र अझै पनि भइरहेको बताउनुभयो ।

रुकुम घटनामा हतियारधारी जत्था पक्राउ पर्दा नेपाली काँग्रेसका बहालवाला मन्त्रीले विज्ञप्ति जारी गरेर छोड्नु पर्छ भन्नु र विगत केही दिनयता उम्मेदवारमाथि शृंखलागत आक्रमण हुनुले निर्वाचन भाड्ने गम्भीर षडयन्त्र भएको उहाँले बताउनुभयो ।

रुकुममा जनार्दन शर्मा, रोल्पामा प्रदेशसभाका एक उम्मेदवार, आज बिहान मात्रै पूर्वअर्थमन्त्री वर्षमान पुन लक्षित गरी रोल्पामै माइन विस्फोट गराइएको भन्दै उहाँले यस्ता घटना निन्दनीय रहेको उल्लेख गर्नुभयो ।
यस्ता घटनाका पछाडि के उद्देश्य छन् भन्ने कुरा एक दुई दिनमा थाहा हुने भन्दै उहाँले एकथरि मान्छेलाई प्रयोग गरेर निर्वाचन आफ्नो पक्षमा पार्ने वातावरण सरकारले गर्छ भने त्यो गम्भीर भूल हुने उहाँले बताउनुभयो ।
अहिले देश फरक राजनीतिक परिघटनामा रहेको भन्दै उहाँले सफल ढंगले निर्वाचन गराउन कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

लोकतन्त्र हामी सबैले स्वीकार गरिसकेको भन्दै उहाँले भन्नुभयो “वामपन्थी लोकतान्त्रिक वा दक्षिणपन्थी लोकतान्त्रिक भन्ने कुरामा मात्रै फरक हो ।” काँग्रेस र अरु दललाई मात्र लोकतान्त्रिक भन्नु गलत भएको उहाँले बताउनुभयो । वामपन्थी तानाशाहीतर्फ जाँदैछन् भन्ने हल्ला मात्रै फिजाइएको भन्दै उहाँले देशलाई समाजवादतर्फ लैजाने भन्ने कुरा संविधानमा नै उल्लेख भएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...