काठमाडौं क्षेत्र नं ४ का युवा संग एमाले उम्मेदवारहरुको अन्तरक्रिया



हाम्रो इकोनोमि

 

 

बाम गठबन्धनका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा उम्मेदवार डा।राजन भट्टराई र प्रदेस क्षेत्र नं २ का उम्मेदवार कुसुम कुमार कार्कीले आज एक कार्यक्रममा युवाहरु संग अन्तरक्रिया गरेका छन ।

बुढानिलकण्ठ युवा समाजले आयोजना गरेको जन प्रतिनिधिको भूमिका र कार्यभार विषयक कार्यक्रममा भट्टराई र कार्कीले राजनीतिमा युवाहरुले खेल्नुपर्ने भूमिकाका बारेमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा युवाहरुको प्रश्नको उत्तर दिदै भट्टराईले नेपालमा धेरै पुस्ताहरुले परिवर्तनको लागि बलिदान दिएर नेपाल आजको स्थानमा आइपुगेको र अव समृद्ध नेपाल निर्माण गर्न युवाहरु अगाडी बढ्नु पर्ने बताएका थिए । उनले आफु पनि विद्यालय तह देखि नै राजनीतिमा सामेल भएको र युवा हरुको मजबुत उपस्थिति विना राजनीति बलियो नहुने र सहि दिशामा पनि जान नसक्ने बताए ।

त्यसतै काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का उम्मेदवार कुसुम कुमार कार्कीले आफ्नो विगत सम्झिदै युवा अवस्थामा जनप्रतिनिधि बनेर प्राप्त गरेको अनुभव साटेका थिए । उनले करिव २५ वर्षको उमेरमा जनप्रतिनिधि बन्दाको उर्जा सम्झिदै जुन सुकै परिवर्तन र विकास युवाको सहभागिता विना हुन् नसकेको बताए ।कार्यक्रमको सहजीकरण विश्वमणी सुवेदी र रामशरण सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...