माधव नेपाल भन्छन्, ‘कांग्रेस ‘गोयबल्स शैली’मा उत्रियो’ आक्रामक रुपमा प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन



हाम्रो इकोनोमि

 

 

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसले बाम गठबन्धन विरुद्ध सञ्चालन गरेको ‘गोयबल्स शैली’को प्रचारको कडा रुपमा प्रतिबाद गर्न निर्देशन दिएका छन् ।

वाम गठबन्धन दोलखा–काठमाडौं सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजना गरेको बुद्धिजिवी भेलामा बोल्दै वरिष्ठ नेता नेपाल कांग्रेसको प्रचारशैलीको कडा रुपमा प्रतिवाद गरे । कांग्रेसको गोयबल्स शैलीको रक्षात्मक रुपमा होइन कि आक्रामक रुपमा प्रतिवाद गर्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

बाम गठबन्धनबाट कांग्रेस अत्तालिएको बताउँदै नेपालले भने, ‘पहिला पहिला कम्युनिष्टको सरकार आएपछि बुढाबुढीलाई मार्छ भन्दै हिँडेको कांग्रेस अहिले अधिनायकबाद आउँछ भन्दै गोयबल्स शैलीमा प्रचार–प्रसार गर्दै हिंडेको छ ।’

कांग्रेसका कारण देशमा सञ्चालनमा रहेका उद्योग धन्दा कलकारखानाको हालत के भएको छ रु देशको आर्थिक अवस्था कहाँ पुग्योरु कांग्रेसको विदेश नीतिले राष्ट्रियता कहाँ पुग्यो रु एमालेले सरकारको नेतृत्व गरेर के–के गर्‍यो रु त्यसको फेहरिस्तसहित तुलनात्मक खण्डन गर्नुस् । चुप लागेर नबस्नुस् । आक्रामक ढंगले अघि बढ्नुस् नेपालले निर्देशन दिँदै भने ।

बाम गठबन्धनको चुनावी तालमेल पार्टी एकताको पहिलो ‘स्टेप’ भएको उनले बताए । निर्वाचनमा बाम गठबन्धनलाई दुई तिहाई बहुमत आउने हिसाबले उत्साहका साथ निर्वाचनमा परिचालन हुन उनले अगुवा कार्यकर्तालाई आह्वान पनि गरे ।

मतदाता शिक्षालाई प्रभावकारी ढंगले सञ्चालन गर्दै अघि बढ्न उनले आग्रह गरे । ‘निर्वाचन पछि एमाले र माओवादीबीच पार्टी एकिकरण हुन्छ । पार्टी एकिकरण पछि देशलाई समाजवादतर्फ लैजान्छौ’ नेता नेपालले भने ।

भेलामा माओवादी केन्द्रका स्थायी समिति सदस्य लिलामणि पोखरेलले गठबन्धनको सहज विजयलाई दुई तिहाई बहुमतको लक्ष्य पूरा गर्नेगरि परिचालित हुन निर्देशन दिए । कम्युनिष्ट गठबन्धनको सरकार बनेपछि ‘नमूना मोडल’को विकासमार्फत मुलुकमा समाजवादी व्यवस्था लागू गर्न सकिने पोखरेलको भनाई थियो ।

भेलालाई वाम गठबन्धन दोलखाका चुनावी परिचालन कमिटीका संयोजक आनन्दप्रसाद पोखरेल, माओवादी केन्द्रका नेताद्वय बलराम थापा, नरबहादुर पाख्रिन, दोलखा–काठमाडौं बुद्धिजीवी परिषद एकता संयोजन समितिका संयोजक हरिप्रसाद शर्मा र सहसंयोजक यादव पोखरेल, बुद्धिजीवीहरु महेन्द्रबहादुर कार्की, दिव्यध्वज कार्की, गोपालप्रसाद थपलिया, माधव प्रधान, जिल्ला सम्पर्क मञ्चका अध्यक्ष गणेश शिवाकोटीलगायतले धारणा राखेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...