गगन थापालाई कटाक्ष गर्दै ओलीले भने- बुढी ज्युदै रातभरी रुङ्ग्यो,सेलिब्रेटी उम्मेदवारका गफ अब पुग्यो



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गफमात्र सुनाएको भन्दै गगन थापाप्रति कटाक्ष गरेका छन्। एमाले काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ४ द्वारा आयोजित सभामा बोल्दै ओलीले लामो समय सेलिलिब्रेटी उम्मेदवारको गफ सुनिसकेकाले अब काम गर्ने उम्मेदवार चुन्न मतदाता समक्ष अपिल गरे।

‘दश वर्षसम्म प्रचारको भरमा सेलिब्रेटी बनेका उम्मेदवारका गफ सुन्नुभयो, अब भिजन भएको, योजना भएको र बौद्धिकता भएको एमाले उम्मेदवारलाई जिताउनुस्’, उनले भने।

ओलीले सीमाक्षेत्रमा मालबाहक गाडी र ट्यांकर लाइन लागेर बसेको तर उक्त समस्या समाधान गर्न प्रधानमन्त्री देउवाले अग्रसरता नलिएको भन्दै आक्रोश व्यक्त गरे। ‘नेपाल आउनुपर्ने ट्याङ्कर एक महिनादेखि सीमापारि लाइन लागेर बसेका छन्, हाम्रा प्रधानमन्त्री यस विषयमा कुरा गर्न सक्दैनन्’, उनले भने, ‘भारतसँग कुरा गर्नुपर्‍यो भने चार पटक चस्मा मिलाउनुपर्छ, पाँच पटक दौरा मिलाउनुपर्छ।’

वामपन्थी गठबन्धनका कारण लोकतन्त्र खतरामा रहेको भन्दै कांग्रेसहरुले अनावश्यक भ्रम फैलाइरहेको बताउँदै ओलीले आफू लोकतन्त्रका लागि लड्दा बेलायतमा पिज्जा खाएर बस्नेहरुले लोकतन्त्र रक्षाको कुरा गर्न नसुहाउने बताए। ‘हामी लोकतन्त्रका लागि लडेका हौं, पिठ्युँ फर्काएर भागेका होइनौं’, ओलीले भने,‘हामी लोकतन्त्रका लागि आधा शताब्दी लड्दा भूमिगत भएर बस्नेहरुले नै हामीबाट लोकतन्त्र खतरामा छ भन्नु कति हास्यास्पद कुरा हो? हामी लोकतन्त्रका लागि लड्दा बेलायतमा पिज्जा खाएर बस्नेहरुले अहिले लोकतन्त्रको चिन्ता गर्न सुहाउँदैन।’

प्रधानमन्त्री देउवाले संविधान संशोधनको विषय उठाएको प्रसंग निकाल्दै ओलीले यतिबेला संशोधन आवश्यक नभएको बताए। संविधान संशोधनका विषयमा ओलीले देउवालाई प्रश्न गर्दै भने,‘कांग्रेसलाई जिताए संविधान संशोधन गर्ने भनेको पनि सुनें, तर संविधान संशोधन किन गर्ने?’, उनले प्रश्न गरे,‘उताबाट आउनेलाई नागरिकता दिएर तुरुन्त राष्ट्रपति बनाउनका लागि?’

ओलीले संविधान संशोधनको जिम्मा एमालेले लिने समेत बताए। कार्यक्रममा देउवाप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले नेपालजस्तो पुण्यभूमिमा चटकेहरुको शासन रहेको टिप्पणी गरे।

कार्यक्रममा गोविन्दप्रसाद दुलाल नेतृत्वको मुलुककै पुरानो पार्टी नेपाल प्रजापरिषद् र एमालेबीच एकीकरण घोषणा समेत गरिएको थियो। काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका तर्फबाट राजन भट्टराईले प्रतिस्पर्धा गर्दैछन्।

प्रतिक्रिया दिनुहोस
धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...

महाधिवेशन रोक्न माग गर्दै देउवा समूह अदालत जाने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग...