अनुसन्धानकर्ता उदयराज आलेको “थारु ए रिभिलेशन, सागा अफ इस्ट्रगल एण्ड सरभाइवल शोधग्रन्थ” बजानरमा आउदै



हाम्रो इकोनोमि

दाङका अनुसन्धानकर्ता उदयराज आलेले सात वर्ष लगाएर नेपालको तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति थारु जातिको खोज तथा अध्ययन गरि “थारु ए रिभिलेशन, सागा अफ इस्ट्रगल एण्ड सरभाइवल” शोधग्रन्थ छिटै बजानरमा आउने भएको छ ।

 

थारु जातिको विकास तथा उत्थानको लागि सात वर्ष लगाएर नेपालको तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति थारु जातिको खोज तथा अध्ययन गरि शोधग्रन्थ तयार गरेका हुन् । उनले दाङ देउखुरीमा बसोवास गर्ने थारु जातिलाई केन्द्रित गरि बाँके, वर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, र कपिलवस्तु जिल्लामा बसोबास गरिरहेका थारु जातिको चिनारी, जीवनचक्र संस्कार जन्म, मृत्यु र विवाह, सामाजिक जीवन, भौतिक र अभौतिक संस्कृति, धर्म, परम्परा, पूजा, भाषा तथा लोकसाहित्य र थारु समुदायमा आइरहेको परिवर्तनलगायतका विषयवस्तु समावेश गरि पुस्तकमा उल्लेख गरेका छन् ।
उनले थारु जातिलाई दाङ जिल्लामा बसोबास गर्ने पहिलो जातिका रुपमा उल्लेख गरेका छन् । नेपालको पश्चिम तराई र भित्री तराईमा बसोवास गर्ने थारुको मूल थलो दाङ रहेको अध्येयता आलेले बताएका छन् । वर्षौ पहिले तराई क्षेत्रलाई खेतियोग्य भूमिमा परिणत गर्ने थारु जातिको आफ्नै भाषा, संस्कृति, कला, परम्परा र सामाजिक जीवनपद्धति रहेको छ । आधुनिकतामा प्रवेश गर्नु पूर्व थारु समाज व्यवस्थित र संगठितरुपमा सञ्चालित थियो ।

अध्येयता आलेले थारु जातिको मौलिक संस्कृति, परम्परागत प्रथा गरधुरिया, सामाजिक संस्था खेल, भाषा तथा मौलिक भेषभुषा, जीवनशैली आदि परिवर्तन हुँदै गइरहेको उल्लेख गरेका छन् । आलेले थारु जातिको महत्वपूर्ण परम्परागत कला, सीप, मूल्य मान्यता, सामाजिक प्रथा र संस्था, भाषा र लोकसाहित्य संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् । आधुनिकीकरण र परसंस्कृतिकरणको प्रभाव थारु जातिमा परिरहेकाले थारु जातिको मौलिक चिनारी जोगाउन राज्य र थारु जातिले ध्यान दिन आवश्यक छ ।
पुस्तकमा अध्येयता आले थारु जतिको विगत र वर्तमानलाई केलाउने प्रयास गरेका छन् ।
पुस्तक अङ्ग्रेजी भाषामा तयार गरिएकाले नेपालीलगायत विदेशी पाठकलाई उपयोगी हुने देखिन्छ ।अध्येयता उदयराज आलेले यस पूर्व लोपोन्मुख आदिवासी कुसुण्डा जातिको अनुसन्धानात्मक पुस्तक ‘कुसुण्डा जाति र शब्दकोश’ प्रकाशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...