अनुसन्धानकर्ता उदयराज आलेको “थारु ए रिभिलेशन, सागा अफ इस्ट्रगल एण्ड सरभाइवल शोधग्रन्थ” बजानरमा आउदै



हाम्रो इकोनोमि

दाङका अनुसन्धानकर्ता उदयराज आलेले सात वर्ष लगाएर नेपालको तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति थारु जातिको खोज तथा अध्ययन गरि “थारु ए रिभिलेशन, सागा अफ इस्ट्रगल एण्ड सरभाइवल” शोधग्रन्थ छिटै बजानरमा आउने भएको छ ।

 

थारु जातिको विकास तथा उत्थानको लागि सात वर्ष लगाएर नेपालको तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति थारु जातिको खोज तथा अध्ययन गरि शोधग्रन्थ तयार गरेका हुन् । उनले दाङ देउखुरीमा बसोवास गर्ने थारु जातिलाई केन्द्रित गरि बाँके, वर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, र कपिलवस्तु जिल्लामा बसोबास गरिरहेका थारु जातिको चिनारी, जीवनचक्र संस्कार जन्म, मृत्यु र विवाह, सामाजिक जीवन, भौतिक र अभौतिक संस्कृति, धर्म, परम्परा, पूजा, भाषा तथा लोकसाहित्य र थारु समुदायमा आइरहेको परिवर्तनलगायतका विषयवस्तु समावेश गरि पुस्तकमा उल्लेख गरेका छन् ।
उनले थारु जातिलाई दाङ जिल्लामा बसोबास गर्ने पहिलो जातिका रुपमा उल्लेख गरेका छन् । नेपालको पश्चिम तराई र भित्री तराईमा बसोवास गर्ने थारुको मूल थलो दाङ रहेको अध्येयता आलेले बताएका छन् । वर्षौ पहिले तराई क्षेत्रलाई खेतियोग्य भूमिमा परिणत गर्ने थारु जातिको आफ्नै भाषा, संस्कृति, कला, परम्परा र सामाजिक जीवनपद्धति रहेको छ । आधुनिकतामा प्रवेश गर्नु पूर्व थारु समाज व्यवस्थित र संगठितरुपमा सञ्चालित थियो ।

अध्येयता आलेले थारु जातिको मौलिक संस्कृति, परम्परागत प्रथा गरधुरिया, सामाजिक संस्था खेल, भाषा तथा मौलिक भेषभुषा, जीवनशैली आदि परिवर्तन हुँदै गइरहेको उल्लेख गरेका छन् । आलेले थारु जातिको महत्वपूर्ण परम्परागत कला, सीप, मूल्य मान्यता, सामाजिक प्रथा र संस्था, भाषा र लोकसाहित्य संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् । आधुनिकीकरण र परसंस्कृतिकरणको प्रभाव थारु जातिमा परिरहेकाले थारु जातिको मौलिक चिनारी जोगाउन राज्य र थारु जातिले ध्यान दिन आवश्यक छ ।
पुस्तकमा अध्येयता आले थारु जतिको विगत र वर्तमानलाई केलाउने प्रयास गरेका छन् ।
पुस्तक अङ्ग्रेजी भाषामा तयार गरिएकाले नेपालीलगायत विदेशी पाठकलाई उपयोगी हुने देखिन्छ ।अध्येयता उदयराज आलेले यस पूर्व लोपोन्मुख आदिवासी कुसुण्डा जातिको अनुसन्धानात्मक पुस्तक ‘कुसुण्डा जाति र शब्दकोश’ प्रकाशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...