जापानी नागरिकको सहयोगमा पुस्तकालय स्थापना



हाम्रो इकोनोमि

 

जापानी नागरिकको आर्थिक सहयोगमा रामपुरको विजय प्राथमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । नेपालका लागि कर्मथलो बनाएका जापानी समाजसेवी काजुमासा ककिमी ९ओकेबाजे०को आर्थिक सहयोगमा भएको पुस्तकालय स्थापना भएको हो ।

पुस्तकालयको उद्घाटन गर्दै समाजसेवी काकिमीले पुस्तकालयबाट विद्यार्थीले थप बाह्य ज्ञान हासिल गर्ने बताउँदै पुस्तकालयलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । नवनिर्मित पुस्तकालयमा हाल विद्यार्थीलाई पठनपाठनमा सहयोग पुग्ने खालका तीन सय पुस्तक रहेका छन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनोरथ भट्टराईले ओकेबाजेको सहयोगमा रु दुई लाख ३६ हजार ९१० को लागतमा पुस्तकालय स्थापना तथा कक्षा नर्सरी र एलकेजीका विद्यार्थीको लागि पनि बस्ने व्यवस्था गरिएको जानकारी दिए ।

पुस्तकालय स्थापना तथा विद्यालयको विविध क्षेत्रमा ओकेबाजेले प्रदान गर्नुभएको सहयोगप्रति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोवराज तिवारीले आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...