जापानी नागरिकको सहयोगमा पुस्तकालय स्थापना



हाम्रो इकोनोमि

 

जापानी नागरिकको आर्थिक सहयोगमा रामपुरको विजय प्राथमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । नेपालका लागि कर्मथलो बनाएका जापानी समाजसेवी काजुमासा ककिमी ९ओकेबाजे०को आर्थिक सहयोगमा भएको पुस्तकालय स्थापना भएको हो ।

पुस्तकालयको उद्घाटन गर्दै समाजसेवी काकिमीले पुस्तकालयबाट विद्यार्थीले थप बाह्य ज्ञान हासिल गर्ने बताउँदै पुस्तकालयलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । नवनिर्मित पुस्तकालयमा हाल विद्यार्थीलाई पठनपाठनमा सहयोग पुग्ने खालका तीन सय पुस्तक रहेका छन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनोरथ भट्टराईले ओकेबाजेको सहयोगमा रु दुई लाख ३६ हजार ९१० को लागतमा पुस्तकालय स्थापना तथा कक्षा नर्सरी र एलकेजीका विद्यार्थीको लागि पनि बस्ने व्यवस्था गरिएको जानकारी दिए ।

पुस्तकालय स्थापना तथा विद्यालयको विविध क्षेत्रमा ओकेबाजेले प्रदान गर्नुभएको सहयोगप्रति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोवराज तिवारीले आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...