तीन हजारको आँखा परीक्षण



हाम्रो इकोनोमि

 

दृष्टिविहीनमुक्त चितवन बनाउने अभियानका साथ यहाँ शुरु भएको ‘आई क्याम्प फोर चितवन अभियान’अन्तर्गत तीन हजार जनाको आँखा परीक्षण गरिएको छ ।

अभियानले जिल्लाका आठ ग्रामीण क्षेत्रमा शिविरको आयोजना गरी त्यस क्षेत्रका सर्वसाधारणको आँखा परीक्षण गरेको हो । सपोर्ट एण्ड कियर लागुऔषध पुनःस्थापना केन्द्र भरतपुरले जर्मनी समाजसेवीले त्यहाँ संकलन गरेको रकमको सहयोगबाट शिविरको आयोजना गरेको हो ।

दृष्टिबिनाको सृष्टि अपूरो छ भन्ने मूलमन्त्रका साथ संस्थाले चितवनको राप्ती नगरपालिकाको एक ठाउँमा, रत्ननगर नगरपालिकाको तीन ठाउँमा, भरतपुर महानगरको एक ठाउँमा, कालिका नगरपालिकाको दुई ठाउँमा र माडीको एक ठाउँमा शिविरको आयोजना गरेको केन्द्रका प्रमुख राजबन्दु गौतमले बताए । ती शिविरहरुमा बालबालिका र वृद्धवृद्धाहरुको सहभागिता बढिरहेको उनले बताए।

शिविरमा नेशनल आँखा अस्पताल भरतपुरले प्राविधिक सहयोग गरेको थियो । बिरामीका लागि आवश्यक चस्मा तथा औषधि जर्मनबाट नै पठाइएको थियो । शिविरमा सेवा लिन आउने बिरामीलाई औषधि चस्मादेखि शल्यक्रियासमेत निःशुल्क रुपमा प्रदान गरिएको उनले बताए ।

सो क्रममा ५० जनाको निःशुल्क शल्यक्रिया गरिएको र दुई हजार चस्मा वितरण गरिएको गौतमले बताए । शिविर निकै प्रभावकारी भएको र नेपालमा काम गर्न निकै आनन्दको अनुभूति गरेको शिविरमा सहभागी जर्मनी समाजसेवीको टोली प्रमुख ब्रिगेट ब्रगरले जानकारी दिए ।

आगामी दिनमा पनि सामाजिक काम गर्ने आफूहरुको चाहना रहेको उनको भनाइ थियो । कात्तिक ६ गते रत्ननगरको जिरौनाबाट शुरुवात गरिएको शिविर २१ गते सिद्धिमा गरेर समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...