हात्तीपाइले रोगको संक्रमण दर पत्ता लगाउन सर्वेक्षण



हाम्रो इकोनोमि

हात्तीपाइले (फाइलेरिया) रोगको संक्रमण दर पत्ता लगाउनका लागि कञ्चनपुरमा सर्वेक्षण कार्य शुरु गर्ने भएको छ ।

लगातार अभियान सञ्चालन गरी पाँच वर्षसम्म हात्तीपाइलेको औषधि खुवाइएपछि यसको संक्रमण दर घटेको वा बढेको हो, त्यसको पत्ता लगाउनका लागि सर्वेक्षण कार्य गर्न लागेको हो ।

नमूनाका रुपमा कृष्णपुर र बेलौरी नगरपालिकामा हात्तीपाइलेको संक्रमण दर पत्ता लगाउन रगत जाँचको कार्य शुरु गरिनेछ । सो क्रममा तीन सय व्यक्तिको रगत नमूना जाँच गरिने जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका कीटजन्य अधिकृत हेमराज जोशीले बताए।

“यसका लागि सम्पूर्ण तयारी पूरा भएको छ”, उनले भन्ने, “केही दिनभित्रै सर्वेक्षणको कार्य अगाडि बढाइन्छ ।”

प्रतिवर्ष हात्तीपाइले रोग निवारणका लागि कञ्चनपुरका ८२ हजार घरधुरीका चार लाख ५० हजारभन्दा बढी बासिन्दालाई औषधि खुवाइँदै आएको छ । कञ्चनपुरको कूल जनसङ्ख्याको २० प्रतिशत बासिन्दामा हात्तीपाइलेका जीवाणुको संक्रमण रहेको अनुमान गरिएको छ ।

चार वर्षअघिको सर्भेक्षणमा यहाँ ९७ मा लिम्फ्याटिक फाइलेरिया र एक हजार २ सय २८ जनामा हाइड्रोसिलको समस्या देखिएको थियो । हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको उच्चेरिया बाँन्क्रोफ्टी नामक परजीवीबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।

“हात्तीपाईले रोग लागेका व्यक्ति बाहिरबाट स्वस्थ देखिए पनि रोगको परजीवीले बिस्तारै भित्री अंगलाई क्षति पु¥याउने हुन्छ”, अधिकृत जोशीले भन्नुभयो ।

हात्तीपाइले रोग विश्वका ८० भन्दा बढी देशमा पाइएको र १२ करोडभन्दा बढी व्यक्ति यसबाट पीडित रहेको एक सर्वेक्षणले देखाएको छ । हात्तीपाइले निवारण अभियान विश्वका ८० वटा देशमा सन् २०२० भित्र निवारण गर्ने विश्व स्वास्थ्य रणनीतिअन्तर्गत सञ्चालन भइरहेको अधिकृत जोशीले बताए ।

कञ्चनपुरसहित देशका ४० जिल्लामा यो कार्यक्रम सञ्चालनमा छ । हात्तीपाइले रोग निवारणका लागि डिइसी र अल्वेन्डाजोल औषधि खुवाइने गरिन्छ । लगातार छ वर्षसम्म यस औषधिको प्रयोग गरिएमा जीवनभर यस रोगबाट छुटकारा पाउन सकिने स्वास्थ्यकर्मीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...