आज १ बजे काठमाडौमा वाम गठबन्धनको घोषणापत्र सार्वजनिक गरिँदै



हाम्रो इकोनोमि

 वाम गठबन्धनले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ । तीनकुनेस्थित रोयल व्यांक्वेटमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले घोषणापत्र सार्वजनिक गर्नेछन् ।

घोाषणापत्रमा पाँच वर्षभित्र गरिबी मुक्त गर्ने र १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा पाँच हजार अमेरिकी डलर अर्थात् पाँच लाख नेपाली रुपैयाँ पुर्‍याउने उल्लेख छ ।

विक्रम संवत् २०९९ सम्म नेपाललाई समन्नुत राष्ट्रको स्तरमा पुर्‍याउने गरी आर्थिक र विकासका योजना पनि घोषणापत्रमा समेटिएको छ ।

एमाले नेता मनमोहन अधिकारीको सरकारको पालामा ल्याइएको ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने नारा र प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा ल्याइएको ‘नेपालको पानी जनताको लगानी’, ‘घरघरमा बिजुली जनजनमा सेयर’ जस्ता नारालाई समावेश गरिएको छ ।

बाढी पहिरोमा घडेरी गुमाएकालाई निःशुल्क घडेरी, राजधानीमा खेलकुद विश्वविद्यालय स्थापना, १० वर्षभित्र २० हजार मेगावाट बिजुली उत्पादन, पाँच वर्षभित्र दुई हजार ३५० किलोमिटर रेलमार्ग निर्माण जस्ता लोकप्रिय कार्यक्रमलाई वाम गठवन्धनले घोषणापत्रमा उल्लेख गरेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रको घोषणापत्रमा नेपाली कांग्रेसको चरित्र कम्युनिष्ट र श्रमजीवी जनता विरोधी रहेको, राप्रपाको चरित्र सामन्तवादी रहेको, राजपा राष्ट्रिय आत्मसमर्पणवादी नीतिको पक्षपोषक रहेको र संघीय समाजवादी फोरमको व्यवहार सामाजिक सदभावलाई कमजोर पार्ने किसिमको रहेको भनेर पनि घोषणापत्रमा आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...