मानव अधिकार आयोगद्वारा निर्वाचनको तयारीबारे अनुगमन



हाम्रो इकोनोमि

 

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि भइरहेको तयारीका बारेमा कैलाली जिल्लामा अनुगमन निरीक्षण गरेको छ ।

अनुगमनका क्रममा सोमवार जिल्ला प्रशासन कार्यालय कैलालीमा भएको बैठकमा आयोगका सदस्य सुदीप पाठकले स्वच्छ, निष्पक्ष तथा धाँधलीरहित निर्वाचन गराउन आचारसंहिता अक्षरशः पालना गर्ने÷गराउनेतर्फ ध्यान दिनुपर्ने बताए । उनले निर्वाचन गराउन समयमै सोसम्बन्धी उचित व्यवस्थापन पनि जरुरी रहेको बताए ।

बैठकमा मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद आर्यालले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने प्रतिबद्धता प्रकट गरे । बैठकमा प्रजिअ गोविन्दप्रसाद रिजालले निर्वाचनका बेला अपनाइएको सुरक्षा व्यवस्थापनबारे प्रकाश पारेका थिए । क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद आर्यालले मतदानस्थल र केन्द्रको व्यवस्थापन लगायतका विषयमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...