सुर्खेतको अख्तियार कार्यलयमा सबैभन्दा बढी उजुरी शिक्षाको



हाम्रो इकोनोमि

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले ६ नं कर्णाली प्रदेशमा सबैभन्दा बढी उजुरी शिक्षाको परेको कार्यपत्र सार्वजनिक गरेको छ ।

जुम्लामा पत्रकारबीच गरेको अन्तक्र्रिया कार्यक्रममा यो प्रदेशमा मन्त्रालयगतरुपमा शिक्षामा बढी उजुरी परेको आयोग सुर्खेतका कार्यालय प्रमुख रविलाल पन्थले जानकारी दिए । “सबैभन्दा बढी उजुरी ४ सय १ छन्, जसमा ४९ फछ्र्यौट भएको र ३सय ५२ उजुरी बाँकी रहेका छन्”– प्रमुख पन्थले भने । उनकाअनुसार शिक्षामा १सय २४ उजुरी परेकामा १४ फछ्र्यौट भएका छन् ।

त्यस्तै, संघीय मामिलामा एक सय , वन तथा भू–संरक्षणमा ४१, ऊर्जामा १९, स्वास्थ्यमा १८, खानेपानी तथा सरसफाइमा १५, सहरी विकासमा ११ उजुरी परेको प्रमुख पन्थले बताए ।

आयोगमा परेका सबै उजुरीमाथि प्रारम्भिक र विस्तृत अनुसन्धान भइरहेको उनको भनाइ छ । दण्डात्मक, निरोधात्मक र प्रवद्र्धनात्मक तीनखम्बे रणनीतिका साथ आयोगले आफ्नो काम गर्दै आएको बताउँदै उनले वार्षिक कार्यतालिका अनुसार १३ वटा प्रवद्र्धनात्मक कार्यक्रम विद्यालयमा र नौ जिल्लामा गर्दै आएको उल्लेख गरे ।

आयोग सुर्खेतमा परेका उजुरीको प्रकृतिमा ः गुणस्तर विद्यालय भवन, छात्रवृत्तिको रकम दुरुपयोग, पाठ्यपुस्तक वितरणमा अनियमितता, विद्यालय कोषको रकम हिनामिना, शिक्षक कर्मचारी नियुक्तिमा अनियमितता भएको उल्लेख छ ।

त्यसैगरी, सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता, उपभोक्ता समितिमार्फत हुने गरेका विकास निर्माणका काम गुणस्तर नभएको बताइएको छ ।

उपभोक्ता समितिको गठन प्रक्रिया, स्थानीय निकायको आन्तरिक आयको विनियोजन खर्च करार कर्मचारी नियुक्तिमा अपारदर्शिता, औषधि वितरण र खरिदमा अनियमितता, भवन सडक र पुल मापदण्ड र स्टिमेटअनुसार नबनेको, गुणस्तरहिन संरचना र नक्कली बिल भर्पाइ बनाइ सरकारी रकम हिनामिना गरेको विवरण समेटिएका उजुरी परेको आयोगले जनाएको छ ।

जुम्ला पुगेको अख्तियारले जिल्लाका सम्पूर्ण कार्यालय प्रमुखमार्फत सबै राष्ट्रसेवक कर्मचारीलाई पदीय मर्यादामा रहेर काम गर्न, कर्मचारी आचारसंहिताको पालना गर्न र सरकारी बजेटको सही सदुपयोग गर्न निर्देशन दिएको छ ।

त्यसैबीच, आयोगले चन्दननाथ माविका विद्यार्थीसँग पनि भ्रष्टाचार र सुशासनका विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...