सुर्खेतको अख्तियार कार्यलयमा सबैभन्दा बढी उजुरी शिक्षाको



 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले ६ नं कर्णाली प्रदेशमा सबैभन्दा बढी उजुरी शिक्षाको परेको कार्यपत्र सार्वजनिक गरेको छ ।

जुम्लामा पत्रकारबीच गरेको अन्तक्र्रिया कार्यक्रममा यो प्रदेशमा मन्त्रालयगतरुपमा शिक्षामा बढी उजुरी परेको आयोग सुर्खेतका कार्यालय प्रमुख रविलाल पन्थले जानकारी दिए । “सबैभन्दा बढी उजुरी ४ सय १ छन्, जसमा ४९ फछ्र्यौट भएको र ३सय ५२ उजुरी बाँकी रहेका छन्”– प्रमुख पन्थले भने । उनकाअनुसार शिक्षामा १सय २४ उजुरी परेकामा १४ फछ्र्यौट भएका छन् ।

त्यस्तै, संघीय मामिलामा एक सय , वन तथा भू–संरक्षणमा ४१, ऊर्जामा १९, स्वास्थ्यमा १८, खानेपानी तथा सरसफाइमा १५, सहरी विकासमा ११ उजुरी परेको प्रमुख पन्थले बताए ।

आयोगमा परेका सबै उजुरीमाथि प्रारम्भिक र विस्तृत अनुसन्धान भइरहेको उनको भनाइ छ । दण्डात्मक, निरोधात्मक र प्रवद्र्धनात्मक तीनखम्बे रणनीतिका साथ आयोगले आफ्नो काम गर्दै आएको बताउँदै उनले वार्षिक कार्यतालिका अनुसार १३ वटा प्रवद्र्धनात्मक कार्यक्रम विद्यालयमा र नौ जिल्लामा गर्दै आएको उल्लेख गरे ।

आयोग सुर्खेतमा परेका उजुरीको प्रकृतिमा ः गुणस्तर विद्यालय भवन, छात्रवृत्तिको रकम दुरुपयोग, पाठ्यपुस्तक वितरणमा अनियमितता, विद्यालय कोषको रकम हिनामिना, शिक्षक कर्मचारी नियुक्तिमा अनियमितता भएको उल्लेख छ ।

त्यसैगरी, सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता, उपभोक्ता समितिमार्फत हुने गरेका विकास निर्माणका काम गुणस्तर नभएको बताइएको छ ।

उपभोक्ता समितिको गठन प्रक्रिया, स्थानीय निकायको आन्तरिक आयको विनियोजन खर्च करार कर्मचारी नियुक्तिमा अपारदर्शिता, औषधि वितरण र खरिदमा अनियमितता, भवन सडक र पुल मापदण्ड र स्टिमेटअनुसार नबनेको, गुणस्तरहिन संरचना र नक्कली बिल भर्पाइ बनाइ सरकारी रकम हिनामिना गरेको विवरण समेटिएका उजुरी परेको आयोगले जनाएको छ ।

जुम्ला पुगेको अख्तियारले जिल्लाका सम्पूर्ण कार्यालय प्रमुखमार्फत सबै राष्ट्रसेवक कर्मचारीलाई पदीय मर्यादामा रहेर काम गर्न, कर्मचारी आचारसंहिताको पालना गर्न र सरकारी बजेटको सही सदुपयोग गर्न निर्देशन दिएको छ ।

त्यसैबीच, आयोगले चन्दननाथ माविका विद्यार्थीसँग पनि भ्रष्टाचार र सुशासनका विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्

शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ

    शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ

पोर्चुगलमा नेपालीसहित ४५ सयलाई देश छाड्न पत्र

    युरोपेली राष्ट्र पोर्चुगलले आप्रवासन सम्बन्धी नीति परिवर्तन गरेपछि प्रत्यक्ष रूपमा नेपालीहरू