सीमाको जादुमयी स्वरको यस्तो तारिफ,भर्सटायल खुबीले तिक्खर बनेकी यी हुन् गायिका सिमा शाह



हाम्रो इकोनोमि

सुन्दर अनि आकर्षक शरीरकी धनी उनको सुन्दरताको मापन गर्ने यन्त्र हुदो हो त उनी बाहेक अरु प्रतिस्पर्धामा रहने सम्भावना कमै मात्र हुन्थ्यो । रुपले मात्र धपक्क बलेकी छैनन् उनी। उनको कला अझ बढी चम्किलो छ। आफु त सुन्दर छदै छिन अरुलाई पनि बाहिरी सुन्दरतामा ढाल्न उनि उत्तिकै पोख्त छिन।सुमधुर स्वरकी धनी अझ भनौ कोइली स्वरको मिठासमा शब्दलाई जादुमयी ढंगले प्रस्तुत गर्ने गायिका सिमा शाहले आफ्नो दोश्रो ‘सिमा–२’ श्रोतामाझ ल्याएकी छन् ।पाँच वर्षको अन्तरालमा आएको यो उनको गहकिलो सांगीतिक सम्पत्ती हो।

२०६० सालमा रहरै रहरमा पहिलो गित ‘कसरी बोलाउँ मायालु् तिमीलाई’ रेकर्ड गराएकी थिइन् । आफ्नो ‘रेकर्डेड भ्वाइस’ कस्तो हुन्छ भनेर सुन्ने जिज्ञासाकै प्रतिफल उनले त्यो गीत रेकर्ड गराएकी थिइन् । आफ्नो रेकर्डेड भ्वाइस सुनेपछि उनमा उत्साह पलायो । २०६८ सालमा उनले पहिलो एल्बम ‘सिमा’ बजारमा ल्याइन् । निरन्तर अभ्यासमा रमाउने उनको कला लोभ लाग्दो छ भने स्वरले पनि उत्तिकै साथ दिएको छ।‘सिमा–२’ एल्बममा ‘फुल हुँ म’, ‘मेरो हर सासमा’, ‘कसमै तोडी जानेलाई’, ‘भुलुँ म कसरी तिम्रो याद’, ‘किन जुधे आँखा भन्थें’, अल्झींदा एकछिन’ र ‘ओँठले भन्न सकिन’ आदि गित रहेका छन् ।जस्तोसुकै टाइपका गित गाउन सक्ने हैसियत बनाएकी उनको चर्चाले पछिल्ला दिन नेपाली सांगीतिक दुनिया तातेको पनि छ। उनमा आइटमदेखि शान्त प्रकृतीका गित गाउनसक्ने भर्सटायल खुबी भएकी सीमामा प्रचुर सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...