पर्यटकको रोजाइमा गाईघाट झरना



हाम्रो इकोनोमि

 

जिल्लाको ताराखोला गाउँपालिका–१ स्थित ‘गाईघाट झरना’ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ ।

प्राकृतिक सुन्दरतायुक्त झरना अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या दैनिक बढ्दो छ । वर्षौंदेखि ओझेलमा परेको झरना प्रचारप्रसार र पर्यटकीय पूर्वाधार निर्माणले चर्चामा आएको हो ।

गलकोट घुम्टे पर्यटन विकास केन्द्रले तीन वर्षअघि झरनालाई पर्यटकीय गन्तव्य बनाउन योजनाबद्धरुपमा काम थालेको थियो । सरकारी सहयोग र जनश्रमदानबाट अहिले झरनाले नयाँ स्वरुप पाएको छ ।

झरना छेउ पौडी पोखरी, वनभोजस्थल, विश्रामस्थल, पदमार्गलगायतका संरचना निर्माण गरिएको छ । महत्व भएर पनि पछाडि परेको झरनामा पूर्वाधार बनेपछि वर्षायामबाहेकका सबै महिनामा आगन्तुकको भीड लाग्ने गरेको छ ।

पर्यटकीय याममा दैनिक सयौँ आन्तरिक पर्यटक झरनाको अवलोकनका लागि पुग्ने गरेको केन्द्रका उपाध्यक्ष राज थापाले बताए । पूर्वाधार निर्माणकै क्रममा झरनाको भित्रपट्टि फेला परेको गुफाले पनि पर्यटकीय आकर्षण थपेको छ । चालीस जनाजति अट्ने गुफालाई धार्मिक आस्थासँग जोडेर पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । गाईघाटदेखि नजिकै रहेको भूताह गल्छीसम्म पुग्न पदमार्ग बनाउने योजनामा केन्द्र छ ।

पचास मिटर अग्लो झरनामा क्यानोनिङ सञ्चालन गर्ने योजना रहेको केन्द्रले जनाएको छ । गाईघाट झरनासँगै भूताह गल्छीको पर्यटकीय विकास गर्ने उद्देश्यले काम अघि बढाइएको बताईएकामे छ । गर्मी याममा झरना अवलोकनसँगै प्राकृतिक तलाउमा स्नान र पौडीका लागिसमेत पर्यटक आउने गरेका छन् । पछिल्लो समय झरना क्षेत्र वनभोज जानेको रोजाइमा पर्ने गरेको छ ।

बाहिरी जिल्लाबाट समेत आन्तरिक पर्यटक झरना अवलोकनका लागि आउने गरेका छन् । विद्यार्थी शैक्षिक अवलोकन भ्रमणका लागि जाने गरेका छन् । दरमखोला किनारमा अवस्थित झरना माछा मार्न रुचाउने पर्यटकको समेत रोजाइमा पर्छ । गाईघाट झरनालाई ताराखोला गाउँपालिका छिर्ने प्रवेशद्वारका रुपमा समेत लिने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...