त्रिशुलीमा असिनाबाट ३ करोडको क्षति



हाम्रो इकोनोमि

 

धान भित्र्याउने मौसममा आएको असिनाबाट नुवाकोट जिल्लामा ३ करोडको क्षति भएको छ ।
गत हप्ता शनिबार राति आएको असिनापानीबाट सङ्कंलनपछि तरकारी बाली, धान, सुन्तला, आलु, कोदोमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाभरमा ५ुसय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति पुगेको कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए । असिनाले मेघाङ गाउँपालिकाका वडा नं ४, ५ , ६ वडामा पर्ने सामरी भञ्ज्याङ, कल्लाबारी, थुम्का र फलाँटेमा ३ ुय ९० हेक्टर क्षेत्रफलमा लगाइएको धान ५० देखि ९० प्रतिशतसम्म क्षति भएको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम सुवेदीले जानकारी दिए ।
त्यसैगरी तारकेश्वर गाउँपालिका–१ दाङ्सिङमा पाँच हेक्टर, विदुर नपा–७ को महादेवखर्क, विदुर –१३ का कल्याणपुर, हुलाकघरका ११५ हेक्टर र ककनी गाउँपालिकाको ओखरपौवामा पाँच हेक्टर क्षेत्रफलमा लगाइएको अन्नबालीमा धेरै क्षति पुगेको कार्यालयले जनाएको छ । असिनाले धेरै क्षति पु¥याएपछि कार्यालयले क्षतिको विवरण संकलनका लागि प्राविधकको टोली नै खटाएको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...