नेपालमै पाईने भो सर्पदंशको औषधि



हाम्रो इकोनोमि

 

नेपालमा पहिलोपटक सर्पदंशको औषर्धि सर्पको डसाइबाट बच्ने, ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ ।

निजी क्षेत्रको एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ’ प्रालिले सुनसरीको महेन्द्रनगरमा औषधि उत्पादन गर्ने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

करिब ८८ करोड ६३ लाखको लागतमा निर्माण हुने औषधि उद्योगबाट अबको तीन वर्षभित्र सर्पदंशको औषधि उत्पादन गरी बजारमा ल्याइने कम्पनीका अध्यक्ष लक्ष्मीप्रसाद फुयाँलले बताए ।

वार्षिक १५ लाख भायल सर्पदंश औषधि उत्पादन गर्ने लक्ष्यका साथ दक्ष प्राविधिक जनशक्ति व्यवस्थापन र पूर्वाधारको कामसँगै अघि बढाइनेछ ।

कम्पनी स्थापनाबाट ४सय व्यक्तिले रोजगारी पाउनुका साथै औषधिबाट वार्षिक एक अर्ब बराबरको विदेशबाट नेपाली मुद्रा भित्र्याउने लक्ष्य लिइएको छ । सर्पदंश औषधिमा देशलाई आत्मनिर्भर बनाई विदेश निर्यात गर्ने कम्पनीको लक्ष्य छ ।

हाल सरकारले वार्षिक ३० हजार भायल ९करिब चार करोड बराबरको सर्पदंश औषधि खरिद गरी विभिन्न उपचार केन्द्रलाई निःशुल्क औषधि गराई सर्पदंशका बिरामीले उपचार पाउँदै आएको बताइएको छ ।

कम्पनीले उत्पादन गर्ने १५ लाख भायल औषधिको बजार मूल्य रु १३ अर्ब ५३ करोड पर्न जान्छ । ठूलो मात्रामा कम्पनीले उत्पादन गर्ने औषधि नेपाल सरकारलाई बेच्ने र बाँकी रहेको औषधि विदेशी बजारमा निर्यात गर्ने कम्पनीले जनाएको छ ।

राज्यको सर्पदंश औषधि उत्पादनमा कानून अभावका कारण आफ्नो कम्पनीले झण्डै चारवर्ष लामो संघर्षपश्चात् सरकारीतर्फबाट कम्पनी स्थापना स्वीकृति पाएकाले अब पूर्वाधार निर्माणका काम शुरु गरिने अध्यक्ष फुयाँलको भनाइ छ ।

अहिले भारतबाट आयात हुने औषधिले नेपालमा सर्पको डसाइबाट पीडित भएका बिरामीको उपचार भइरहेको छ । उक्त औषधि नेपालमै बनेमा जनताले सहज तरिकाले उपचार पाउनेछन् ।

कम्पनीका प्राविधिक सल्लाहकार डा जगन्नाथ राईले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सर्पदंश औषधि उत्पादन गरी विदेश निर्यात गरिने बताए ।

उनका अनुसार औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थ र प्राविधिक जनशक्ति नेपालमै पर्याप्त रहेको र केही प्राविधिकलाई तालीमका लागि विदेश पठाइएको जानकारी दिए ।

सर्पदंशको औषधि सर्पको बिष निकालेर प्रशोधन गरी घोडामा प्रयोग गरिन्छ, त्यसपछि प्राविधिक प्रक्रिया पु¥याई औषधि तयार गरिन्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हरेक वर्ष विश्वभर प्रतिवर्ष एक लाखमा १सय ६२ जनाको मृत्यु सर्पको डसाइबाट हुने गरेको छ । नेपालमा पनि एक वर्षमा करिब एक हजार व्यक्तिको मृत्यु हुने गरेको विभिन्न सर्वेक्षणले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस
आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध

    उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि...

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...