हेलिकोप्टर दुर्घटनामा साउदी राजकुमारको मृत्यु



हाम्रो इकोनोमि

२० कात्तिक, काठमाडौं । साउदी अरबका राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । यमनको सीमा क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुर बिन मुकरिनको मृत्यु भएको हो । उनी पूर्वयुवराज अब्दुल अजिजका छोरा हुन् ।

असिर प्रान्तको उपराज्यपाल समेत रहेका मन्सुर उच्च सरकारी अधिकारीहरुसहित हेलिकोप्टर चढेर भ्रमणमा निस्किएका थिए । हेलिकोप्टरमा सवार कोही पनि नबाँचेको बीबीसीले लेखेको छ । हेलिकोप्टर दुर्घटनाको कारण भने खुलेको छैन ।

हिजोमात्रै साउदी अरबले ११ जना पूर्वराजकुमार, चार मन्त्री र पूर्वमन्त्रीहरुलाई पक्राउ गरेर भ्रष्टाचार सम्वन्धी अनुसन्धान शुरु गरेको छ । पक्राउ परेकाहरुको बैंक खाता समेत रोक्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...