सात करोड मोलमोलाईमा बिनोद चौधरीलाई सांसद बनाउन राजी देउवाले उनै चौधरीलाई यस्तो पठाए पत्र



हाम्रो इकोनोमि

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्र पठाएर उद्योगी विनोद चौधरीलाई कांग्रेसमा स्वागत गरेका छन् । एमालेसँग निकट रहेका उद्योगी चौधरीलाई पार्टीमा भित्र्याउन प्रधानमन्त्री देउवाले औपचारिक पत्र नै पठाएका हुन्।

प्रधानमन्त्री देउवाले राष्ट्रको आर्थिक समृद्धि लोकतन्त्रवादीको प्रमुख एजेन्डा रहेकाले त्यसलाई साकार पार्न उद्योगी चौधरीले उल्लेखनीय योगदान गर्न सक्ने पत्रमा उल्लेख गरेका छन्।

‘आर्थिक विकासको अभियानमा प्रेरणादायी भूमिका निर्वाह गर्न नेपाली कांग्रेस हार्दिक स्वागत गर्दछ । तपाईंको सबल, सक्षम र सबैलाई परिचालन गर्न सक्ने भूमिकाबाट नेपालले अपेक्षित नतिजा हासिल गर्नमा प्रभावकारी योगदान पुग्ने विश्वास लिएको छु’, देउवाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

आर्थिक विकासका लागि लगानीको वातावरण बनाउनुपर्ने आवश्कता भएको र त्यसका लागि आवश्यक सल्लाह सुझाव र अन्तर्राष्ट्रिय लगानीकर्ता भित्र्याउन समेत चौधरीको नेतृत्वदायी भूमिका आवश्यक रहेको पत्रमा उल्लेख छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ लगायत संस्थामा क्रियाशील व्यक्तिहरुलाई कांग्रेसमा समाहित गराउन चौधरीले भूमिका निर्वाह गर्नुपर्ने आग्रह देउवाले पत्रमार्फत गरेका छन्।

उद्योगपति विनोद चौधरीको नाम नेपाली कांग्रेसको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको बन्दसूचीमा समावेश भइसकेको छ । चौधरी ०६४ सालको संविधानसभा चुनावमा  नेकपा एमालेबाट समानुपातिक सांसद बनेका थिए।

चौधरीलाई कांग्रेसमा समाहित गराउन महामन्त्री शशांक कोइरालाले विशेष पहल गरेका थिए। चौधरी फोर्ब्स म्यागेजिनको अर्बपतिको सूचीमा पर्ने एकमात्र नेपाली हुन् । उनको सम्पत्ति एक अर्ब ३० करोड अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...

बदनाम शेयर कारोबारी दीपेन्द्र अग्रवालको अर्को बदमासी, भोटेकोशी हेली रिसोर्टका सञ्चालक सुवास प्रधानलाई यसरी अप्ठेरोमा पारे

  शेयर बजारका बदनाम खेलाडी दीपेन्द्र अग्रवाल चलिरहेको एउटा रिसोर्ट सञ्चालनमा प्रवेश गरेर...

दश महिनामा १७ खर्बको आयात, दुई खर्ब मात्रै निर्यात

    चालू आर्थिक वर्ष २०८२/८३ को दश महिनामा १९ खर्ब भन्दा बढीको...