स्थायी शान्ति र समृद्धिका आधार निर्माण गर्नुपर्नेमा जोड



हाम्रो इकोनोमि

आगामी मंसिरमा हुने दुवै तहका चुनाव सम्पन्न भएपछि स्थायी शान्ति र समृद्धिका आधार निर्माण गर्नुपर्ने जोड दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय ९त्रिवि० अन्तर्गत द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताहरुले मुलुकमा संविधान कार्यान्वयनसँगै दण्डहीनताको अन्त्य तथा विधिको शासन प्रभावकारीरुपमा कार्यान्वयन गरी देश र जनतालाई समृद्ध बनाउन सकिने औँल्याए ।

त्रिविका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले अब देशमा कस्तो जनशक्ति उत्पादन गर्ने हो त्यसैका आधारमा सीपमूलक, व्यावसायिक शिक्षाको विकास गर्नुपर्नेमा जोड दिए ।

त्रिवि मानविकी संकायका डिन प्रा डा शिवलाल भुसालले विदेशीले विभिन्न स्वार्थ र आशयबाट गरिएका मुलुकलाई गरेका सहयोगलाई बन्द गरी पूर्वाधार निर्माण तथा संरचनागत विकासमा स्थानीय तहलाई सहभागी गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रमका संयोजक प्रा डा हेमराज सुवेदीले सामाजिक न्याय र वितरण प्रणालीमा सन्तुलन नहुँदा मुलुकमा भ्रष्टाचार बढ्दै गएको त्यसलाई न्यूनीकरण नगरी विकास सम्भव नरहेको विचार व्यक्त गरे ।

उक्त कार्यक्रममा नरबहादुर थापाले शान्ति निर्माणमा आर्थिक नीतिको भूमिका, डा खड्ग केसीले वैदेशिक नीति र प्रा विन्दु पोखरेलले नेपालमा द्वन्द्वपछिको शान्ति प्रक्रियामा महिलाको सहभागिता विषयमा कार्यपत्र प्रस्तुत गरे ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...