धार्मिक पर्यटनको प्रवद्र्धनका लागि जनकपुरमा महायज्ञ हुँदै



हाम्रो इकोनोमि

जनकपुरधाममा कात्तिक २२ गते श्री कोटी पार्थिव शिवलिङ्ग पूजन महायज्ञ हुने भएको छ ।

धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले रङ्गभूमि मैदानमा आयोजना हुने सो महायज्ञमा सवा करोड पार्थिव शिवलिङ्गको पूजा गरिनेछ ।

यस प्रकारको महायज्ञ कलियुगमा पहिलोपटक ९एकै दिनमा० सम्पन्न हुने बताइएको छ । श्री मानस तथा बोलबम परिवारद्वारा आयोजना गरिने सो महायज्ञ सन्दर्भमा रङ्गभूमि मैदानमा ध्वजा स्थापना कार्य सम्पन्न भई रङ्गभूमिको सरसफाइको कार्य भइरहेको अध्यक्ष ललन ठाकुरले बताउनुभयो ।

त्यस्तै महायज्ञलाई लक्षित गरी कात्तिक २१ गते शोभायात्रा र दीप उत्सव गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...