पशुपतिनाथकै मन्दीरबाट यसरी हुन्छ हुण्डीको अबैधधन्धा



 

 

 

काठमाडौं । देशको विभिन्न स्थानबाट अबैध कार्य हुदै आउदाँपनि किन नियन्त्रण हुन नसक्नुमा सम्बन्धित निकायकै कर्मचारी सो कार्यमा संलग्न हुने भएका कारण नियन्त्रणभन्दा बाहिर गएको भेटिएको छ । वर्षैंदेखि प्रायः खुला रुपमा सञ्चालन हुदै आएको हुण्डी कारोबार व्यापारी तथा अन्य व्यक्तीले मात्र नगरेर सरकारी कर्मचारी त्यसमा पनि आम जनताको धर्मको मुख्य आस्थाको धरोहर पशुपनिनाथको मन्दीर परिसरबाटै हुण्डीको कारोबार हुन्छ भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ । तर यर्थात हो पशुपति विकास कोषकै कर्मचारीको मिलिमतोमा वर्षैंदेखि हुण्डीको कारोबार हुने गरेको खुलेको छ ।

प्राप्त पछिल्लो प्रमाणका अनुसार प्राप्त विवरण अनुसार विभिन्न होटल र अपाटमेण्टबाट हुदै आएको हुण्डी कारोबारलाई पबित्र पशुपति क्षेत्रबाटै हुने गरेको खुलेको हो । पशुपति विकास कोषबाट प्रत्यक दिन सार्वजनिक गर्ने भेटी संकलनको सूचीमा हुण्डीबाट कारोबार भएको रकम समेत उल्लेख गरेका कारण अबैध कारोबार पशुपति क्षेत्र विकास कोषबाट हुने गरेको प्रमाण फेला परेको हो । सो कोषले पशुपतिनाथको मुख्य गेटमा राखिएको विद्युतिय डिस्प्लेमा समेत उल्लेख गरेको पाईएको छ । सो डिस्प्लेमै हुण्डीमार्फत १६ हजार ३ सय ३० रुपैयाँको कारोबार गरेको देखाईएको छ । यसरी अबैध रहेको सो कारोबारलाई सरकारी निकायबाटै प्रयोगमा ल्याउदाँ अर्बौ रुपैयाँ गैरबैकिङ माध्यामबाट बाहिर पठाउने र नेपाल आउने गरेको खुलेको हो ।

 

पशुपति नाथको मुलगेटमा राखिएको सो डिस्प्लेमा दैनिक यसरी हुण्डीबाट कारोबार हुने गरेको सार्वजनिक हुदाँ समेत सरकारले कारबाही गर्न सकेको छैन् । सो अबैध कार्यमा कोषकै समितिको कर्मचारीको मिलेमतोमा विशेषगरी भारतीय नागरिक तर लामो समय नेपाल बस्दै आएका गैरनेपालीले रकम हुण्डीमार्फत ल्याउने र पठाउने गरेको आरोप समेत लागेको छ । सो बारे पटकपटक सम्र्पक गर्दा आधिकारीक मान्छे कोही पनि नभएको भन्दै भेटगर्नबाट बञ्चित गरिएको छ ।

यसरी धार्मिक आस्था रहेको पशुपति नाथको मन्दीर परिसरबाटै अबैध कारोबार हुण्डीका कारोबारलाई प्राथमिकता दिएको समेत पाईएको छ । सरकारी कर्मचारीकै संलग्नतामा भएको हुण्डी कारोबारलाई नियन्त्रण गरिने भन्दापनि औपचारीक रुपमा कारबाही गरिने भन्दा अरु खासै कारबाही भने भएको छैन् । सो अबैध कारोबारमा देशमा चर्चित उद्योगी–व्यवसायीहरूको संलग्नता रहेको प्रहरीको अनुसन्धानबाट खुलेपनि अहिले सम्म कारबाही गर्न नसक्दा हुण्डीको कारोबारमा झन तीब्रता पाएको हो । विभिन्न व्यवसायबाट आर्जन गरेको रकम र करछलीको रकम लगानी गरेको रकमलाई हुण्डीमार्फत विदेश लैजाने गरेको समेत आरोप व्यवसायीहरुलाई लागेको छ ।

अवैध रकम सुरक्षित रूपमा उता–यता गर्ने कारोबार नै हुण्डी हो । आपसी विश्वासका आधारमा यो कारोबार हुने गरेको छ । स्वीस बैंकमा जम्मा भएको रकम होस् पानामा पेपर्सको खुलासा यी सबै हुण्डीकै माध्यमबाट भएको अनुमान प्रहरीको रहेको छ । आतंकवाद, लागूऔषध कारोबार, सुन तस्करी तथा हतियार तस्करहरूले पनि हुण्डीकै माध्यमबाट रकम ओसारपसार गर्ने गरेका छन् । हुण्डीबाट भित्रिने रकम अवैध हुने र राष्ट्रिय आयमा त्यसको गणना नहुने हुँदा त्यो रकम कहाँ परिचालन भयो पत्तो समेत हुँदैन । सम्पत्ति शुद्धीकरणको विश्वव्यापी सञ्जाल त्यसैका लागि गठन भएपनि सो सञ्जालले अहिलेसम्म कुनै कारबाही गर्न भने सकेको छैन ।

 

नेपाल राष्ट्र बैंकले हुण्डीलाई निरूत्साहित गर्न दुईवटा उपाय अपनाएपनि बैंकबाट प्रष्ट योजना समेत नल्याउदा बैंकपनि हुण्डी कारोबारलाई गोप्य रुपमा प्राथमिकता दिइएको आरोप लाग्दै आएको छ । सो कार्यमा बैंक संञ्चालकहरु पनि संलग्नता रहेको पछिल्लो पटक भएको एक अनुसन्धानबाट खुलेको छ । पहिलो काम हुण्डी कारोबारीलाई कारवाही गर्ने अनि दोश्रोमा अनधिकृत व्यापार तथा सुन आयातलाई रोक्ने । त्यसका लागि केन्द्रिय बैंक, अर्थ मन्त्रालय र सुरक्षा निकायको संयुक्त टोलीले गर्नु पर्ने हो तर पशुपति नाथको मन्दीरबाटै हुण्डीको कारोबार हुदाँ समेत सो निकाय मौन बसेको छ ।

प्रहरी प्रशासन, राजश्व र राष्ट्र बैंककै जिम्मेवार अधिकारीहरूको संरक्षणमा नेपालमा हुण्डी कारोबार फष्टाउँदै गएको आरोप समेत लाग्ने गरेको छ । कालोधन हुण्डीमार्फत् नै ओसारपसार हुने गरेको तथ्य सार्वजनिक हुँदाहुँदै पनि त्यसलाई नियन्त्रणतर्फ यी निकायका जिम्मेवार अधिकारीहरूको ध्यान नगएकै कारण सो अबैध कारोबारले तीव्रता लिएको छ ।
हुण्डी तस्करहरूको सुरा, सुन्दरीमा समेत राष्ट्र बैंकका केही अधिकृतहरू भेटिएको तथ्य यसअघि सार्वजनिक भइसकेको छ । नेपालमा सबैभन्दा ठूलो हुण्डी कारोबारीहरूमा पवन सरिया, प्रदीप सरिया, मालिराम अग्रवाल, कृष्ण ज्ञवाली, ध्रुव ज्ञवाली, सुभाष भण्डारी, राजु मालु र आइएमई ग्लोबल बैंकका अध्यक्ष तथा चन्द्रगिरी हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालको नाम अग्रपंक्तिमा आउने गरेको छ । यसैगरी, सो क्षेत्रबाट हुण्डीको कारोबार गर्नेमा अर्को बैंक हो एभरेष्ट बैंक । सो बैकले पनि अबैध रुपमा संकलन गरेको रकमलाई बैंकको कर्मचारीको मिलिमतोमा मन्दीरबाटै हुण्डीमार्फत भारत पठाउने गरेको आरोप लागेको छ ।

 

उनी सुरुमा कहिल्य काही गर्ने सो हुण्डीको कारोबार पछिल्लो समयमा चन्द्रगिरी हिल्सको अध्यक्ष भएपछि धर्मकै आड्मा हुण्डीको कारोबार गर्न थालेको एक व्यवसायीले बताएका छन् । उनले चन्द्रागिरी डाँडोमा रहेको असली भालेश्वरको मुर्ति घण्ट, त्रिशुल र पृथ्वीनारायण शाहाले राखेको शिलालेखका साथै बहुमुल्य पत्थरको समेत रातारात बिक्री गरेको आरोप लागि रहेको बेला उनले पशुपतिनाथको मन्दिरबाटै हुण्डीको कारोबार गरेको आरोप समेत लागेको छ । यस सम्बन्धमा पनि पटकपटक ढकालसंग सम्र्पक गर्दा उनी सम्र्पकमा आउन चाहेनन् भने उनले फोन रिसिब समेत गरेनन् ।

सबैभन्दा ठूलो हुण्डीको अवैध कारोबार गर्ने पवन सरियाले ठूलो कारोवार आफ्नो ज्ञानेश्वरस्थित निवासबाट गर्दै आएका छन् । अन्य सानो–तिनो कारोवार महाबौद्ध, न्यूरोड, नयाँ बसपार्क, नक्साल आसपास क्षेत्रमा रहेको कार्यालयबाट भुक्तानी दिने गरेको समेत खुलासा भएको छ । पवन सरिया, मालिराम अग्रवाल र जेएन एण्ड कृष्ण ज्ञवालीको समूह सुरुमा एउटै थियो । केही वर्षअघिमात्र यो समूह फुटेर जेएन, कृष्ण ज्ञवाली र ध्रुव ज्ञवालीको समूह एउटा बनेको छ भने पवन सरिया र मालिराम अग्रवालको समूह यतिबेला अर्को बन्न पुगेको छ । यिनीहरू नेपालको सबैभन्दा ठूलो हुण्डीको अवैध कारोबार गर्ने गिरोहहरू हुन् ।

त्यसैगरी, एकल व्यक्तीगत रुपमा दरवारमार्गबाटख राजु मालु, नक्सालबाट चन्द्र ढकाल, नयाँ बसपर्क क्षेत्रबा नारायण पौडेल बच्चु पौडेल, रामहरि पौडेल लगायले हुण्डीको कारोबार गर्दै आएको आरोप लागेको छ । भारतीय नागरिक राकेश अडुकिया पनि नेपालमा बसेर हुुण्डी कारोबार गर्ने व्यक्ति हुुन । उनका भाई हङकङमा बस्ने र बाबु भारतमा बस्ने गरेका छन् भने राकेशले नेपालमा बसेर हुुण्डीको संयोजन गर्ने गरेका छन् । अडुकिया जस्तै गरी विजय धारिवालले पनि नेपालमा बसेर हुुण्डीको कारोबार गर्ने गरेका छन् । रोशन कार्कीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा