दाहालको नेतृत्वमा टानको कार्यसमितिमा वामपन्थी प्यानल विजयी



हाम्रो इकोनोमि

 

काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल ९टान० को अध्यक्षसहित अधिकांश पदमा वामपन्थी प्यानल विजयी भएको छ । लोकतान्त्रिक प्यानलले वरिष्ठ उपाध्यक्षसहित केही सदस्य पदमा जित निकालेको छ ।

टानको आइतबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा नवराज दाहाल विजयी भएका हुन् । वामगठबन्धनको तर्फबाट उम्मेदवारी दिएका दाहालले ३३१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका मोहन लम्सालले ३१३ प्राप्त गरे ।

अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका नुरु जांबु शेर्पाले मात्रै ५० मत बटुले । दाहाललाई एमाले–माओवादी व्यवासायीको समर्थन रहेको थियो भने लम्साललाई कांग्रेस र नयाँ शक्तिका व्यवसायीको समर्थन रहेको थियो ।निर्वाचन समितिले दिएको जानकारी अनुसार, वाम गठबन्धनबाट अध्यक्षसहित पदाधिकारीमा प्रथम उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष जितेको छ भने ५ जना कार्यसमिति सदस्य विजयी भएका छन ।

लोकतान्त्रिक समूहबाट बरिष्ठ उपाध्यक्ष, द्धितीय उपाध्यक्ष र महिला सदस्य र अन्य २ सदस्य विजयी भएका छन । टानको ३९ औं महाधिवेशन आइतबार राजधानीमा सुरु भएको थियो । महाधिवेशन सुरु भएकै दिन भएको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको हो । नयाँ नेतृत्वको कार्यकाल २ वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...