दाहालको नेतृत्वमा टानको कार्यसमितिमा वामपन्थी प्यानल विजयी



हाम्रो इकोनोमि

 

काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल ९टान० को अध्यक्षसहित अधिकांश पदमा वामपन्थी प्यानल विजयी भएको छ । लोकतान्त्रिक प्यानलले वरिष्ठ उपाध्यक्षसहित केही सदस्य पदमा जित निकालेको छ ।

टानको आइतबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा नवराज दाहाल विजयी भएका हुन् । वामगठबन्धनको तर्फबाट उम्मेदवारी दिएका दाहालले ३३१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका मोहन लम्सालले ३१३ प्राप्त गरे ।

अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका नुरु जांबु शेर्पाले मात्रै ५० मत बटुले । दाहाललाई एमाले–माओवादी व्यवासायीको समर्थन रहेको थियो भने लम्साललाई कांग्रेस र नयाँ शक्तिका व्यवसायीको समर्थन रहेको थियो ।निर्वाचन समितिले दिएको जानकारी अनुसार, वाम गठबन्धनबाट अध्यक्षसहित पदाधिकारीमा प्रथम उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष जितेको छ भने ५ जना कार्यसमिति सदस्य विजयी भएका छन ।

लोकतान्त्रिक समूहबाट बरिष्ठ उपाध्यक्ष, द्धितीय उपाध्यक्ष र महिला सदस्य र अन्य २ सदस्य विजयी भएका छन । टानको ३९ औं महाधिवेशन आइतबार राजधानीमा सुरु भएको थियो । महाधिवेशन सुरु भएकै दिन भएको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको हो । नयाँ नेतृत्वको कार्यकाल २ वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...