नगर कपको उपाधि युनाइटेडलाई



हाम्रो इकोनोमि

प्रथम विदुर नगर कप फुटबल प्रतियोगिताको उपाधि नुवाकोट युनाइटेड फुटबल क्लब जित्न सफल भएको छ ।

कोलोनी युथ सर्कलको आयोजनामा सञ्चालित प्रतियोगिताको शुक्रबार भएको फाइनलमा विदुर युथ सिटी क्लबलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै नुवाकोट युनाइटेडले उपाधि जितेको हो । विजेता नुवाकोट युनाइटेडका विकेश लामा दुई गोल गरी आफ्नो क्लबलाई विजेता बनाउन सफल भए । विदुरका लागि आकाश राना मगरले एक गोल गरेका थिए ।

उपाधिका साथमा नुवाकोट युनाइटेड फुटबल क्लबले रु ३० हजार, शिल्ड र पदक तथा उपविजेता विदुर युथ सिटी क्लबले रु १५ हजार, शिल्ड र पदक पाएका छन् । गत असोज ३१ गतेदेखि सञ्चालित सो प्रतियोगितामा नुवाकोटका १० फुटबल क्लबको सहभागिता थियो ।

विजेता नुवाकोट युनाइटेडका अनिल प्याकुरेल, उत्कृष्ट गोलरक्षक तथा आयोजक कोलोनी युथ सर्कलका विकास थापा उत्कृष्ट खेलाडीको पुरस्कार पाउन सफल भए । विजेतालाई विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकास र विस्तार गरी विदुर नगर मात्र नभई नुवाकोटलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ...