नेपाल अपाङ्ग महिला संघमा निर्मला



हाम्रो इकोनोमि

नेपाल अपाङ्ग महिला संघको १८ औं वार्षिक साधारण सभा एवं ९ औं अधिवेशन काठमाण्डौंमा सम्पन्न भएको छ ।

सो साधारण सभा एवं अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं काठमाण्डौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पानसमा दिप प्रज्वलन गरेर गर्नु भएको थियो ।

यसै क्रममा उहाँले काठमाण्डौंमहानगर पालिकाका कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिहरुको लागि गरिने कार्यक्रमका लागि बजेट छुट्याउने बताउदै अपाङ्गता मैत्री थप साझा बस ल्याउने बताउनु भयो ।

नेपाल अपाङ्ग महिला संघको १८ औं वार्षिक साधारण सभा एवं ९ औं अधिवेशनले निर्मला धितालको अध्यक्षतामा २ जना सदस्य थप गर्ने गरी हाललाई ७ जनाको नयाँ कार्य समिति चयन गरेको छ ।

जसमा उपाध्यक्षमा कमला बुढाथोकी, महासचिवमा मिना पौडेल, कोषाध्यक्षतमा अनिता घिमिरे चयन हुनु भएको छ भने सदस्यहरुमा मैया लमसाल, शोभामाया वि.क. र लक्ष्मी देवकोटा रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...