प्राविधिक शिक्षामा लगानी बढाइने



हाम्रो इकोनोमि

शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले प्राविधिक शिक्षा क्षेत्रमा सरकारले लगानी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ विषयको छलफल कार्यक्रममा राज्यमन्त्री अधिकारीले विश्व परिवेश सुहाउँदो प्राविधिक र व्यावसायिक शिक्षाको विकास गरी मुलुकका बेरोजगारी अन्त्य गर्न लगानी बढाउन आवश्यक रहेकामा जोड दिनुभयो । प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद्का सदस्य सचिव पुष्परमण वाग्लेले यस क्षेत्रमा विद्यार्थी र बजारको माग बढेकाले सरकारले लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिहं महरले सरकारले अध्यादेशबाट ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकमा नयाँ मेडिकल खोल्न रोक लगाउन नहुने धारणा राख्नुभयो । अनेरास्ववियु ९क्रान्तिकारी०का अध्यक्ष रञ्जित तामाङले सरकारले प्रतिबद्धता गरेअनुसार शिक्षा क्षेत्रमा लगानी गर्न नसकेको गुनासो गर्नुभयो ।

अनेरास्ववियुका सचिव समिक बडाल, नेकपा निकट अनेरास्ववियु ९क्रान्तिकारी० का महासचिव दीपेन्द्र चलाउने, शिक्षा पत्रकार समूहका पूर्वाध्यक्ष प्रकाश सिलवाल, नेपाल पत्रकार महासंघ काठमाडौँका अध्यक्ष शन्तराम बिंडारी, केन्द्रका अध्यक्ष गोविन्द चौलागाईँलगायतले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहको भएकाले ती तहलाई प्रभावकारी बनाई प्राविधिक शिक्षाको विस्तार गर्न जोड दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

  माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको छ...

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

    आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख...

कक्षा १२ को परीक्षा सुरु

    कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । माध्यमिक तहको...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...