प्राविधिक शिक्षामा लगानी बढाइने



हाम्रो इकोनोमि

शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले प्राविधिक शिक्षा क्षेत्रमा सरकारले लगानी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ विषयको छलफल कार्यक्रममा राज्यमन्त्री अधिकारीले विश्व परिवेश सुहाउँदो प्राविधिक र व्यावसायिक शिक्षाको विकास गरी मुलुकका बेरोजगारी अन्त्य गर्न लगानी बढाउन आवश्यक रहेकामा जोड दिनुभयो । प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद्का सदस्य सचिव पुष्परमण वाग्लेले यस क्षेत्रमा विद्यार्थी र बजारको माग बढेकाले सरकारले लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिहं महरले सरकारले अध्यादेशबाट ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकमा नयाँ मेडिकल खोल्न रोक लगाउन नहुने धारणा राख्नुभयो । अनेरास्ववियु ९क्रान्तिकारी०का अध्यक्ष रञ्जित तामाङले सरकारले प्रतिबद्धता गरेअनुसार शिक्षा क्षेत्रमा लगानी गर्न नसकेको गुनासो गर्नुभयो ।

अनेरास्ववियुका सचिव समिक बडाल, नेकपा निकट अनेरास्ववियु ९क्रान्तिकारी० का महासचिव दीपेन्द्र चलाउने, शिक्षा पत्रकार समूहका पूर्वाध्यक्ष प्रकाश सिलवाल, नेपाल पत्रकार महासंघ काठमाडौँका अध्यक्ष शन्तराम बिंडारी, केन्द्रका अध्यक्ष गोविन्द चौलागाईँलगायतले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहको भएकाले ती तहलाई प्रभावकारी बनाई प्राविधिक शिक्षाको विस्तार गर्न जोड दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न : मन्त्री पुन

  शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरे पनि...

अबदेखि बेलायतमा पीआर लिन कम्तीमा १० वर्ष लाग्ने

    बेलायती गृहमन्त्री शबाना महमुदले बिहीबार संसदमा अनिश्चितकालीन आवासीय अधिकार (आइएलआर–इन्डिफिनेट लिभ...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

निजी विद्यालय सञ्चालकले आन्दोलन चर्काउने

    निजी तथा आवासीय विद्यालय सञ्चालकहरूले आन्दोलनलाई थप चर्काउने भएका छन् ।...