मादी र सेती नदीमा जलविहार गर्न पर्यटकको आकर्षण बढ्दो



मादी र सेती नदीमा जलविहार गर्ने पर्यटकको आकर्षण बढ्दै जान थालेको छ ।

पर्यटकीय याम शुरु भएसँगै यस नदीमा जलविहार गर्न पर्यटकको आकर्षण बढ्न थालेको हो ।

दैनिक १५÷२० वटा डुंगामा पर्यटक गाईघाटसम्म जाने गरेका छन् । मादी नदीको पुलमुनिबाट गाईघाटसम्मको ३२ किमी दूरीमा पर्यटकले जलविहार गर्दै आएका छन् । अमेरिका, जापान, हल्याण्ड, फिनल्याण्ड, भारत, कोरिया, चीन, बेलायत, डेनमार्क, फ्रान्स, जर्मनलगायत देशबाट पर्यटक जलविहारका लागि आउने गरेको ¥यापिड रनरका पथप्रर्दशक विवेक गुरुङले बताउनुभयो ।

असोजदेखि फागुनसम्म मादी र सेती नदीमा जल विहार गर्नेको घुइँचो लाग्ने गरेको जानकारी उहाँले दिनुभयो । याम शुरु भएसँगै मादी र सेती नदीमा जलविहार गर्नेको भीड बढेको बरिष्ठ पथ प्रर्दशक सुरज भुजेलले बताउनुभयो । कायक्लिङका लागि उक्त नदी नेपालमै सबैभन्दा उत्तम मानिएको अर्का पथ प्रर्दशक सिमन गुरुङले बताउनुभयो ।

जाडोमा तातो र गर्मीमा चिसो हुने पानीको विशेषताका साथै दायाँवायाँ हरियाली, डाँडाकाँडा चराचुरुङ्गीको चिरविरले पर्यटकलाई फेरी पनि जलविहार गर्न मन लाग्ने बनाउँछ । यहाँको जलविहार दुई दिन एक रातको हुने गर्छ । गाईघाट पुगेपछि पर्यटक चितवनको सौराहा र काठमाडौँतर्फ लाग्ने गर्दछन् ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७४, मंगलबार  ०३ : १५  बजे

प्रतिक्रिया दिनुहोस
खाडी मुलुकका उडान रद्द, विमानस्थलमै अलपत्र यात्रु

    खाडी मुलुकका उडान रद्द भएपछि रातिदेखि नै यात्रुहरू त्रिभुवन विमानस्थलमा अलपत्र

ग्वार्कोको ओभरपास भोलिदेखि संचालनमा आउने

    ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।

बाढी, पहिरोले बुटवल-नारायणगढ सडक अवरुद्ध

    बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक

दाउन्ने सडक हिलाम्मे, लामो ट्राफिक जाम

     वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्ड हिलाम्मे भएपछि सवारी आवागमन