विद्यालय भवन पुनःनिर्माण



म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माविको कक्षा कोठा भवन पुनःनिर्माण गरिएको छ ।

रु एक करोड १५ लाखको लागतमा आठ कोठे भवन पुनःनिर्माण गरिएको व्यवस्थापन समितिका अध्यक्ष गोकुल बरुवालले जानकारी दिनुभयो ।

दुई तले भूकम्प प्रतिरोधात्मक क्षमताको भवन अपांग मैत्रीसमेत छ । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ३५८ जना विद्यार्थी अध्ययनरत छन् । नयाँ र सुविधा सम्पन्न भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको छ ।

भवन निर्माणका लागि घारका टीकाबहादुर खड्का र उहाँका छोरा देवबहादुर खड्काले रु सोह्र लाख नौ हजार सहयोग गर्नुभएको छ ।

खड्का परिवारले दोस्रो तलामाथि दुई कोठे ट्रस भवन बनाउन थप रु १५ लाख सहयोगको घोषणा गर्नुभएको व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । उहाँहरुले रु ११ लाख २४ हजारमा तीन रोपनी जग्गा खरिद गरेर विद्यालयलाई उपलब्ध गराउनुभएको थियो ।

जिल्ला शिक्षा कार्यालयले भवन निर्माणका लागि रु ६० लाख उपलब्ध गराएको थियो ।

जग्गा खरिदसहित भवन निर्माणका लागि रु एक करोड १५ लाख खर्च भएको अध्यक्ष बरुवालले बताउनुभयो । विद्यालयका पूर्व विद्यार्थी प्रशान्त मोहन रेग्मीको पहलमा जर्मनको हिमालयन फ्रेन्डसिभ संस्थाले रु १६ लाख ७७ हजार ५५० सहयोग गरेको छ । साविक घार गाविसले रु पाँच लाख, विद्यालयको महायज्ञ कोषबाट रु चार लाख र मोना बेल्जियमबाट रु ७५ हजार सहयोग गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले गाउँको वन संरक्षणका लागि पर्खाल लगाउन उपलब्ध गराएको रु ४५ हजार स्थानीय बासिन्दाले श्रमदानबाट निर्माण गरेर रकम विद्यालयलाई सहयोग गरेका थिए । हाल जापानमा रहनुभएका दधीलाल खड्काले रु ५१ हजार र बेल्जियममा रहेका नारायण खड्काले रु ४५ हजार सहयोग गर्नुभएको छ ।

सरकारी निकायको अनुदान पर्याप्त नभएको अवस्थामा स्थानीयस्तरबाट थप आर्थिक स्रोत जुटाइ कक्षा कोठा निर्माण गर्न उदाहरणीय काम भएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
टेक्सास टपर्स टक कार्यक्रमको आयोजना हुने

    बुढानिलकण्ठ नगरपालिकामा रहेका विद्यालयमा अध्यनरत उत्कृस्ट विद्यार्थी मार्फत विद्यालय चिनाउनका लागि

नाक, कान, घाँटिको नि:शुल्क स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित

पूर्कोट नेवा समाज काठमाडौकाे पहलमा काठमाडौं नाक,कान,घाँटि अस्पतालको सहयोगमा भानु नगरपालिका तनहुका वडा

भरतपुरमा स्कुल बसमा आगजनी

  चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल

जापान पठाइदिने भन्दै ३ करोड ठगी आरोपमा २ जना पक्राउ

      अर्काको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी