३२ जिल्लाका ३७ सीटमा कोको भिड्दैछन् हेर्नुहोस सूचिसहित



आगामी मंसिर १० मा हुने पहिलो चरणको चुनावका लागि प्रतिनिधिसभातर्फ ३२ जिल्लाका ३७ सीटमा आज मनोनयनपत्र दर्ता हुँदैछ ।

मनोनयन दर्ताका लागि प्रमुख दलहरुले उम्मदेवारको सूची तयार पारेका छन् । केही जिल्लामा भने शनिबार रातिसम्म नामावली टुंगो लागेको छैन ।

पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ सीटका लागि आज मनोनयन दर्ता हुने प्रदेशसभातर्फ ७४ सीटका लागि मनोनयन दर्ता हुन लागेको हो ।

निर्वाचन आयोगले भाइटीकाको भोलिपल्टै मनोनयन दर्ताको समय निर्धारण गरे अनुसार दलका नेताहरुले टिकट बाँफाँटमा खटिएका हुन ।

एमाले र माओवादी सम्मिलित गठबन्धनले एकाध क्षेत्रको बाहेक सबै उम्मेदवारको नाम टुंगो लगाएका छन् । सिन्धुपाल्चोकमा अझै कुरो मिलिनसकेको एमालेले जनाएको छ । त्यस्तै बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग प्रदेशस्तरमा तालमेल गर्दा उम्मेदवार टुंगो लगाउन केही ढीलो भएको एमालेले जनाएको छ ।

नेपाली कांग्रेसले उम्मेदवारको सूची शनिबार साँझसम्म टुंगो लगाएको बताए पनि औपचारिकरुपमा सार्वजनिक गरेको छैन । टुंगो लगाउन बाँकी रहेका मध्ये मुस्ताङमा रोमी गौचनलाई टिकट दिइएको कांग्रेस स्रोतले बताएको छ ।

रसुवामा भने नयाँ शक्ति पार्टीले प्रतिनिधिसभाको सीट मागेकाले ढीलो भएको कांग्रेस स्रोतको भनाइ छ । तर, आइतबार बिहान रसुवामा कांग्रेसको तर्फबाट उम्मदेवार तय गरिने कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले गोरखा(२ मा डा। बाबुारम भट्टराईलाई सघाउने भएको छ । त्यसको बदलामा गोरखा १ मा नयाँशक्तिले कांग्रेसका चीनकाजी श्रेष्ठलाई सघाउने छ ।

त्यस्तै सिन्धुपाल्चोक(२ मा कांग्रेसले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिसमशेर राणालाई सघाउने भएको छ । सिन्धुपाल्चोक १ मा राप्रपाले कांग्रेस उम्मेदवार मोहनबहादुर बस्नेतलाई सघाउने छ ।

हेर्नुहोस सूचि

प्रतिक्रिया दिनुहोस
आगलागीबाट मोरङमा २ बालबालिकाको मृत्यु, ८ घर जले

     मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्रहरी महानिरीक्षकमा दिपक थापा

    सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको

माओवादी तत्काल सरकारमा नजाने

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा रहेका पार्टीका प्रमुखसहित

लागू औषध नियन्त्रणका लागि सांसद तामाङको सरकारलाई कडा नीति अपनाउने आग्रह

    प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले नेपालमा लागू औषध दुर्व्यसन बढ्दै गएको