३२ जिल्लाका ३७ सीटमा कोको भिड्दैछन् हेर्नुहोस सूचिसहित



हाम्रो इकोनोमि

आगामी मंसिर १० मा हुने पहिलो चरणको चुनावका लागि प्रतिनिधिसभातर्फ ३२ जिल्लाका ३७ सीटमा आज मनोनयनपत्र दर्ता हुँदैछ ।

मनोनयन दर्ताका लागि प्रमुख दलहरुले उम्मदेवारको सूची तयार पारेका छन् । केही जिल्लामा भने शनिबार रातिसम्म नामावली टुंगो लागेको छैन ।

पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ सीटका लागि आज मनोनयन दर्ता हुने प्रदेशसभातर्फ ७४ सीटका लागि मनोनयन दर्ता हुन लागेको हो ।

निर्वाचन आयोगले भाइटीकाको भोलिपल्टै मनोनयन दर्ताको समय निर्धारण गरे अनुसार दलका नेताहरुले टिकट बाँफाँटमा खटिएका हुन ।

एमाले र माओवादी सम्मिलित गठबन्धनले एकाध क्षेत्रको बाहेक सबै उम्मेदवारको नाम टुंगो लगाएका छन् । सिन्धुपाल्चोकमा अझै कुरो मिलिनसकेको एमालेले जनाएको छ । त्यस्तै बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग प्रदेशस्तरमा तालमेल गर्दा उम्मेदवार टुंगो लगाउन केही ढीलो भएको एमालेले जनाएको छ ।

नेपाली कांग्रेसले उम्मेदवारको सूची शनिबार साँझसम्म टुंगो लगाएको बताए पनि औपचारिकरुपमा सार्वजनिक गरेको छैन । टुंगो लगाउन बाँकी रहेका मध्ये मुस्ताङमा रोमी गौचनलाई टिकट दिइएको कांग्रेस स्रोतले बताएको छ ।

रसुवामा भने नयाँ शक्ति पार्टीले प्रतिनिधिसभाको सीट मागेकाले ढीलो भएको कांग्रेस स्रोतको भनाइ छ । तर, आइतबार बिहान रसुवामा कांग्रेसको तर्फबाट उम्मदेवार तय गरिने कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले गोरखा(२ मा डा। बाबुारम भट्टराईलाई सघाउने भएको छ । त्यसको बदलामा गोरखा १ मा नयाँशक्तिले कांग्रेसका चीनकाजी श्रेष्ठलाई सघाउने छ ।

त्यस्तै सिन्धुपाल्चोक(२ मा कांग्रेसले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिसमशेर राणालाई सघाउने भएको छ । सिन्धुपाल्चोक १ मा राप्रपाले कांग्रेस उम्मेदवार मोहनबहादुर बस्नेतलाई सघाउने छ ।

हेर्नुहोस सूचि

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...